• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

मानिसलाई धनी महशुस गराउँन सात करोड लगानीको कुर्सी निर्माण

रुस । रुसको राजधानी मास्कोेको एक आर्ट म्युजियममा मा २.५ इन्च बुलेट प्रुफ ग्यासको कुर्सी राखिएको छ । यसमा सात करोड (एक लाख डलर) भन्दो धेरै पैसाको प्रयोग भएके छ । सार्वसाधरणलाई यो कुर्सीमा बस्नको लागि नोभेम्बर २९ बाट खुल्ला गरिएको छ । 

यो कुर्सीको नाम ‘एक्स १० मनी था्रे’ राखिएको छ । यो कुर्सी पप गायक अलेक्सी सर्गीयेले व्ययापारी इगोर राइबाकोवको सहयोगमा बनाएका हुन् । खासमा यो कुर्सी बनाउनुको कारण मानिसलाई पैसाको तागत बुझाउने र पैसा कमाउन प्रेरित गर्नु हो । 

रुपका पप गायक एलेक्सीले भने –‘यो कुर्सी त्यस्तो व्यक्तिहरुलाई सहयोग गर्ने छ जो पैसाको महत्व बुझछ साथै पैसा कमाउने बारेमा सधै सोचिरहेको हुन्छ । म सानै उमेरदेखि चित्र बनाउने काम गछु । मैले बनाएको धेरै चित्रबाट मानिसहरुले केही न केही नयाँ सिकेको हुन्छ त्यसैले म चाहन्छु मानिसले यो कुर्सीमा बसेर धेरै पैसा कमाउने बारेमा सोचुन । साथै सबै धनी बनुन भन्ने मेरो इच्छा हो । ’

२०१२ मा रुसको राष्ट्रपति व्लदिमीर पुटिनलाई सर्मपित गरेर बनाएको चित्रको कारण अलेक्सी चर्चामा आएका थिए । त्यस्तै इगोर राइबाकोव टेक्नोनिकोल कर्पोरेशनको सह–मालिक तथा सह–संस्थापक हुन् । उनलाई २०१८ मा १.२ अरब डलर सक्पति भएको कारण धनी व्यक्तिहरुको सूचिमा राखिएको थियो । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर