अनमोल र नम्रताले पाए ‘स्टार अफ द यर’ को अवार्ड
काठमाडौं । चर्चित अभिनेता अनमोल केसी र अभिनेत्री नम्रता श्रेष्ठले अमेरिकामा अवार्ड जितेका छन् । अमेरिकामा आयोजना भएको ’ ग्लोबल नेपाली फिल्म अवार्ड’ मा अभिनेता अनमोल केसी र अभिनेत्री नम्रता श्रेष्ठले स्टार अफ द यर अवार्ड पाएका हुन् । यसअघि पनि अभिनेता अनमोल केसीले जापानमा पपुलर एक्टर’को अवार्ड पाएका थिए ।
उक्त अवार्र्ड कार्यक्रममा नेपाली फिल्म क्षेत्रका चर्चित अभिनेता भूवन केसी, अनमोल केसी, नम्रता श्रेष्ठ, वर्षा राउत लगायतका कलाकारहरुको उपस्थिती थियो । हरेक बर्ष आयोजना हुने यस अवार्ड कार्यक्रममा यस बर्ष अभिनेता अनमोल केसी र अभिनेत्री नम्रता श्रेष्ठले अवाई पाउन सफल भएका हुन् ।
प्रतिकृया दिनुहोस