नबिल बैंकको ‘नबिल ग्राहक सेवा केन्द्र’ सञ्चालनमा
काठमाडौं । नबिल बैंकले ‘नबिल ग्राहक सेवा केन्द्र’ सञ्चालनमा ल्याएको छ । आफ्ना ग्राहकहरुलाई चौबिसै घण्टा, वर्षैभरी हरेक दिन सेवा प्रदान गर्ने उदेश्यले बैंकले सेवा केन्द्र सञ्चालनमा ल्याएको जनाएको छ ।
नबिल ग्राहक सेवा केन्द्रले ग्राहकहरुका लागि एकल विन्दुको रुपमा काम गर्नेछ । बैंकको ग्राहक सेवा केन्द्रमा अत्याधुनिक प्रविधि राखेर ग्राहकहरुलाई उच्च गुणस्तरीय सेवा प्रदान गर्ने नबिल बैंकले जनाएको छ ।
नबिल बैंकले देश भर ९२ शाखाहरु, १४२ एटिएम काउण्टरहरुबाट वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
प्रतिकृया दिनुहोस