श्रीदेवीको बायोग्राफी सार्वजनिक गर्दा भावुक बने बोनी कपुर

मुम्बई । बलिउड स्वर्गीय अभिनेत्री श्रीदेवीको जीवनमा आधारित बायोग्राफी ‘श्रीदेवी द ईनटरनल स्क्रीन गोडेज’ सार्वजनिक भएको छ । उक्त बायोग्राफी आइतबार एक विशेष कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको थियो । जसमा बलिउका विभिन्न विद्याका कलाकारहरुको सहभागिता रहेको थियो । सत्यार्थ नायकले लेखेको यो किताबमा श्रीदेवीको निजी जिवन, फिल्मको यात्रालाई समेटिएको छ । 

बायोग्राफी सार्वजनिकको क्रममा बोनी कपुर  निकै भावुक भएको थिए । उनलाई अभिनेत्री दिपीका पादुकोणले सान्तोना दिएकी थिइन् । यो बायोग्रफीमा श्रीदेवीको ५ दशक लामो यात्राका कथाहरुलाई समेटिएको छ ।  साथै श्रीदेवीले  काम  गरेकी धेरै कलाकारहरुको अनुभव पनि यो किताबमा लेखिएको छ ।

सन् १९६९ मा बाल कलाकारको रुपमा हाएके पहिलो फिल्म ‘थुनाइवन’ देखि लिएर २०१ठ मा आएको फिल्म ‘माँ’ सम्मको धेरै पर्दामा नआएको कहानीहरु पनि छ । 

श्रीदेवीको ५४ वर्षको उमेरमा २४ फेब्रुअरी २०१८मा निधन भएको हो । उनी दुबइमाआफ्नो भतिज मोहित मारवाहको विवाहमा गाएकी थिइन् । जहा होटलको बाथटपमा डुबेर उनको मृत्यु भएको थियो । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर