फिल्म ‘चपली हाइट ३’ मा यस्तो छ अर्पणको लुक्स

काठमाडौं । यतिबेला फिल्म ‘चपली हाइट ३’ को छायांकन चलिरहेको छ । थ्रीलर कथामा निर्माण भैरहेको यो फिल्मलाई निकेश खड्काले निर्देशन गरिरहेका छन् । फिल्ममा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी लगायतका कलाकारको अभिनय छ ।

यही क्रममा फिल्ममा अभिनेता अर्पण थापाको इन्ट्री भएको छ । निर्माता अर्जुन कुमारले अर्पणको लुक्स सार्वजनिक गरेका छन् । 

नायक अर्पण थापाको प्रवेशसँगै चलचित्रको टिम झनै बलियो बनेको छ । यो चलचित्र चैत्रको २८ गतेबाट रिलिज हुँदैछ । चलचित्रलाई पुरुषोत्तम प्रधानले खिचिरहेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर