• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

साग महिला क्रिकेट : अञ्जलीको कीर्तिमानी बलिङ, नेपाली टोलीको शानदार जित

पोखरा । १३ औं दक्षिण एसियाली खेदकुद (साग) मा माल्दिभ्समाथि नेपालले १० विकेटको शानदार जित निकालेको छ । सोमबार भएको महिला क्रिकेटको पहिलो प्रतियोगितामा माल्दिभ्सले दिएको लक्ष्य नेपालले ५ बलमा नै भेट्टाउँदै १० विकेटले हराएको छ ।

पोखरामा टस जितेर व्याटिङ थालेको माल्दिभ्सले १०.१ ओभरमा सबै विकेट गुमाएर मात्र १६ रन बनायो । कमजोर प्रदर्शन गरेको माल्दिभ्स १६ रन बनाउँदै अल आउट भएपछि नेपालले पहिलो ओभरमै उक्त लक्ष्य पुरा गर्यो । 

आजको खेलमा नेपालकी अञ्जली चन्दले कीर्तिमान बलिङ गरेकी छन् । चन्दले २ मेडन राख्दै २.१ ओभरको खेलमा ६ विकेट लिइन । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर