प्रियंका र निकको पहिलो वर्षगाँठमा सार्वजनिक भयो यस्तो तस्बिर

मुम्बई ।   प्रियंका चोपडा र अमेरिकी गायक निक जोनले विवाह गरेको आज एक वर्ष पूरा भएको छ । पहिलो वर्षगाँठमा प्रियंका र निकले सोसल मिडियामा एक अर्कालाई शुभकामना आदनप्रदान गरेका छन् । खुसी मनाएका छन् । 

प्रियंकाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा आफू दुलही भएको तस्बिर पोष्ट गरेकी छन् । उक्त तस्बिर यो भन्दा अगाडी सार्वजनिक भएको थिएन । उनले पोष्टमा लेखेकी छन् –‘  ‘मेरो वचन.. त्यतिबेला..आज...सधैंका लागि । तिमीले मलाई आनन्द, सन्तुलन, उत्साह, जोश...सबै कुरा एकैपटक दियौ । मलाई खोजेकोमा धन्यवाद । पहिलो वर्षगाँठको शुभकामना श्रीमान् । ’

प्रियंका चोपडालाई माराकेच इन्टरनेशनल फिल्म फेस्टिबलले उनको उपलब्धिलाई सम्मानित गर्ने घोषणा गरेका छ । यो सम्मान ऐतिहासिक स्थल जेमा एल फना स्क्वायरमा दिइनेछ । कुनै भारतीय सेलिब्रिटीलाई उक्त फेस्टिबलमा व्यक्तिगत रुपमा सम्मानित गरिएको यो पहिलो घटना हुनेछ । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर