धनगढीमा सुदूरपश्चिम वित्तीय सम्मेलन आयोजना गरिने

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले मंसिर २० गते धनगढीमा सुदूरपश्चिम वित्तीय सम्मेलन गर्ने भएको छ ।

वित्तीय पहुँच सुनिश्चितता गर्ने उद्देश्यले ‘वित्तीय पहुँचको सुनिश्चितता, प्रदेश सरकारको प्रतिवद्धता’ भन्ने नाराका साथ आर्थिक मामिला तथा योजना मन्त्रालयले सम्मेलनको आयोजना गर्न लागेको हो ।

सम्मेलनमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित सरकारका मन्त्रीहरु, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल राष्ट्र बैंकका गभर्नर, वित्तीय संस्था, विकास साझेदार दातृ निकाय लगायतको सहभागिता रहने जनाइएको छ ।

तीन सत्र गरेर आयोजना हुने सम्मेलनले धनगढी घोषणापत्र जारी गर्ने आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर