धनगढीमा सुदूरपश्चिम स्पोर्टस अवार्ड हुने

धनगढी । धनगढीमा प्रथम सुदूरपश्चिम स्पोर्टस अवार्ड हुने भएको छ। सुदूरपश्चिमको खेलकुदको विकास, विस्तार र सम्भावनाको खोजीसँगै खेलाडी प्रशिक्षक तथा खेलप्रेमीहरुको काममा उत्साह थप्नका लागि स्थापना भएको खेलकद पत्रकार मञ्च कैलालीले प्रथम सुदूरपश्चिम स्पोर्टस अवार्ड गर्ने भएको हो । 

मञ्चले आज धनगढीमा पत्रकार सम्मेलन गर्दै पौष १५ गते स्पोर्टस अवार्ड गर्ने घोषणा गरेको हो।

‘सुदुरपश्चिम स्पोर्टस अवार्डले खेलकुदको माध्यमबाट राष्ट्रको प्रतिष्ठा बढाउन सफल तथा सम्भावना बोकेका खेलाडी, प्रशिक्षक र खेलप्रेमीहरुलाई आगामी दिनहरुमा देशको नाम अन्तराष्ट्रिय स्तरमा चिनाउन उत्प्रेरण प्रदान गर्नेछ,’ खेलकद पत्रकार मञ्च कैलालीका अध्यक्ष सीताराम ओझाले भने, ‘सुदूरपश्चिमको प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा सहभागीता जनाएर पदक जित्न सफल खेलाडी, प्रशिक्षक र खेलकुद क्षेत्रमा लागेकाहरुको योगदानलाई उचित कदर गर्ने पनि स्पोर्टस अवार्डको लक्ष्य छ।’

उनका अनुसार अवार्ड विभिन्न ६ विधामा दिईनेछ। बर्ष पुरुष खेलाडी, बर्ष महिला खेलाडी, बर्ष युवा खेलाडी, बर्ष प्रशिक्षक, स्पेशल अवार्ड र लाईफ टाईम एचिभमेन्ट अवार्ड प्रदान गरिने उनले बताए । चार वटा विधामा तीनररतीन जनाको मनोनयन सार्वजनिक गरिनेछ भने स्पेशल अवार्ड र लाईफ टाईम एचिभमेन्ट अवार्डको घोषणा कार्यक्रम आयोजना हुने दिनमा नै गरिनेछ ।

चार वटा विधाका विजेतालाई नगद २५ हजार सहित ट्रफी र मेडल प्रदान गरिनेछ भने स्पेशल अवार्ड र लाईफ टाईम एचिभमेन्ट अवार्ड पाउनेलाई नगद १० हजार सहित ट्रफी र मेडल प्रदान गरिनेछ । बर्ष पुरुष खेलाडी र बर्ष महिला खेलाडीलाई मोटरसाईकल प्रदान गर्ने योजना समेत रहेको खेलकुद पत्रकार मञ्चले जनाएको छ।

विभागीय टीमबाट खेल्ने यस क्षेत्रका खेलाडीहरुलाई भने अवार्डमा समावेश गरिने छैन्। देशका विभिन्न स्थानमा खेलाडीहरुको प्रदर्शनका आधारमा स्पोर्टस अवार्ड आयोजना भईरहेको अवस्थामा सुदुरपश्चिम प्रदेशमा भने पहिलो पटक अवार्ड आयोजना गर्न लागिएको अवार्डका संयोजक प्रदिप पाठकले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर