• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

'सिद्धबाबा'लाई ४ दिन थुनामा राख्न अदालतको अनुमति

विराटनगर ।  बलात्कारको आरोप लागेका सुनसरी चतराका सिद्धबाबा जगत गुरु कृष्णदासजी महाराज भनिने कृष्णदास गिरीलाई चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

जिल्ला अदालत सुनसरीले चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई म्याद दिएको हो। सिद्धबाबा भनिने गिरीलाई सोमबार बिहानै जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले पक्राउ गरेको थियो।

विराटनगरस्थित विराट नर्सिङ होमको डिलक्स क्याबिन नम्बर ५ बाट आइतवार आइसियूमा सारिएको अवस्थामा बाबालाई नियन्त्रणमा लिएको हो।

प्रहरीले म्याद थप गरेपछि पुनः उनलाई विराट नर्सिङ अस्पताल नै लगिएको छ। गिरीविरुद्ध बलात्कार प्रयासको उजुरी शुक्रवार दिउँसो जिल्ला प्रहरी कार्यालय सुनसरीमा दर्ता भएको थियो। गत कार्तिक ४ गते गिरीले आफ्नै अनुयायीको बलात्कार प्रयास गरेको आरोप लागेको छ।


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर