सामान्य घट्यो नेप्से सुचक

काठमाडौं । आइतबार झिनो अंकले बढेको नेप्से सुचक साताको दोस्रोे दिन सोमबार सामान्य घटेको छ । आज नेप्से सुचक शुन्य दशमलव ८६ अंकले घटेर १ हजार १ सय ११ दशमलव ९९ को बिन्दुमा बजार रोकिएको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार १६४ कम्पनीको २३ करोड २२ लाख ५९ हजार ३३१ रुपैयाँको सेयर किनबेच भएको छ । आइतबार नेप्सेमा २० करोड ६३ लाख रुपैयाँको सेयर कारोबार भएको थियो । 

 सोमबार कारोबारको अग्रपंक्तिमा एनएमबि बैंक रहेको छ ।  बैंकको एक करोड ९३ लाख रुपैयाँमाथिको सेयर किनबेच भएको हो । त्यसैगरी, नेपाल लाइफ इन्स्योरेन्स, जनउत्थान सामुदायिक लघुवित्त र एनआइसी एशियाको  एक करोडमाथिको एशिया सेयर कारोबार भएको छ । 

यसदिन सेयर मूल्य सर्वाधिक नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ता रहेका छन् । कम्पनीको सेयर भाउ आज ९ दशमलव ९६ प्रतिशतले बढेको छ । यता, सर्वाधिक गुमाउनेमा आज अरुण काबेली पावरका सेयर लगानीकर्ता रहेका छन् । कम्पनीको सेयर भाउ ६ दशमलव ६५ प्रतिशत घटेको छ ।  

आज बैंकिङ, ट्रेडिङ र जलविद्युत समूहको सुचक सकारात्मक रहेका छन भने बाँकी सुचक ऋणात्मक छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर