• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

नेपाल : पहिलो दिन नै १२ औं सागको भन्दा बढी स्वर्ण

काठमाडौं । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पहिलो दिन नै नेपालले सफल सुरुवात गरेको छ । साग शुरु भएको पहिलो दिन (आज) १२ औं सागको भन्दा धेरै स्वर्ण हात पारेको छ । 

नेपालले अहिलेसम्म ८ स्वर्ण जितिसकेको छ । १२ औं सागमा नेपालले कुल ३ स्वर्ण मात्र जितेको थियो । पहिलो दिनको खेलमा कराँते र तेक्वान्दोमा बढी पदक जितेको छ । 

१२ औं सागमा नेपालका लागि जुडोकी फूपु ल्हामू खत्री, उसुकी निमा घर्तिमगर र फुटबल टिमले स्वर्ण जितेको थियो ।

तेक्वान्दोमा नेपाल १२औँ सागमा स्वर्णविहीन भएको थियो । १२औँ सागमा नेपालले ३ स्वर्ण, २३ रजत र ३४ कास्य गरी ६० पदक जितेको थियो ।    

१३औँ सागमा अहिलेसम्म नेपालका लागि कराँते कुमुतेतर्फ लक्ष्मण तामाङ, व्यक्तिगत पुम्सेतर्फ सिना लिम्बू, तेक्वान्दोमा कमल श्रेष्ठ, कराँते एकल कातामा मण्डेकाजी श्रेष्ठ र महिला ट्रायथलनमा सोनु गुरुङले स्वर्ण जितेका छन् ।

त्यस्तै नेपालले महिला पुरुष दुवै स्वर्ण जितेको छ । यो पटक तेक्वान्दोको २९ वर्षमाथिको पुम्सेतर्फ दुई सन्तानकी आमा आयशा शाक्यले स्वर्ण पदक हात पारेकी छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर