• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

खेम भण्डारीले हुलाकमार्फत पठाए न्यायाधीश विरुद्धको उजुरी [पत्रसहित]

कञ्चनपुर । पत्रकार खेम भण्डारीले न्याय परिषदमा उजुरी दिएका छन् । कञ्चनपुरका तत्कालिन जिल्ला न्यायाधीश राजेन्द्रप्रसाद आचार्य विरुद्ध उनले उजुरी दिएका हुन् । महेन्द्रनगरमा आज एक पत्रकार सम्मेलन गर्दै उनले हुलाक मार्फत तत्कालिन न्यायाधीश आचार्य विरुद्ध उजुरी पठाएको जानकारी दिए ।

पत्रकार सम्मेलनमा भण्डारीले भण्डारीले निर्मला हत्या प्रकरणमा अदालतको अपहेलना गरेको भन्दै आफू विरुद्ध परेको मुद्दामा बदनियतपूर्ण तरिकाले तुच्छ सजाय तोक्ने  न्यायधिश आर्चायलाई कारवाहीको माग गर्दै न्याय परिषद्मा उजुरी दिएको बताए । उनले आचार्यले जिल्ला बार एसोसिएसनले हालेको अपहेलना मुद्दामा न्यायालयकै साख, सम्मान र विश्वसनीयतामा आँच पुग्ने गरी न्याय निरुपण गरेकाले कारवाहीको माग सहित उजुरी पठाईएको जनाए ।

भण्डारीले बदनियतपूर्ण तरिकाले मौलिक हकको हनन् गरेको, दण्डसंहितामै व्यवस्था नभएको तुच्छ सजाय तोकेको,पुनरावेदन अधिकारबाट वञ्चित गराई कैद र जरिवाना तिर्न बाध्य पारेको आरोप लगाएका छन् । 

जिल्ला अदालत कञ्चनपुरका तत्कालीन न्यायधिश आर्चायकै इजलाशले भण्डारी विरुद्ध परेको अदालतको अपहेलना मुद्दामा एक घण्टा कैद र एक रुपैँया जरिवाना तोकिएको थियो ।

भण्डारीले भुक्तान गर्दै जरिवाना समेत तिरिसकेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर