• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

महाअभियोग सुनुवाईमा सहभागी हुन ट्रम्पले गरे अस्विकार

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको वकिलले बुधबार हुने कांग्रेसको सुनुवाईमा व्हाइट हाउस सहभागी नहुने बताएका छन् । बुधबार कांग्रेसका ट्रम्प विरुद्धको महाभियोगको सुनुवाई हुँदैछ । 

व्हाइट हाउसका वकिल पेट सिपोलोनले प्रतिनिधि सभामा न्यायिक समितिको डेमोक्र्याटिक अध्यक्ष जेरी नेडलरलाई आइतरबार एक पत्र लेख्दै सुनुवाईमा भाग लिने आशा नगर्न बताएका छन् । 

महाभियोगका लागि साक्षीको नाम नबताइएको र न्यायिक समितिले अतिरिक्त सुनुवाईको माध्यमबाट निष्पक्ष प्रक्रियाको पालन गर्नेबारे अहिलेसम्म अस्पष्ट रहेकाले सुनुवाईमा सहभागी नहुने उनले पत्रमा उल्लेख गरेका छन् । 

‘वर्तमान परिस्थिति अनुसार बुधबार हुने सुनुवाईमा भाग लिने उद्देश्य छैन,’ पत्रमा भनिएको छ । राष्ट्रपति ट्रम्पमाथि आफ्ना राजनीतिक प्रतिद्वन्द्वी जो विडेनविरुद्ध छानविनका लागि युक्रेनका राष्ट्रपतिलाई दबाब दिएको आरोप लागेको छ ।  

जो विडेनका छोराले युक्रेनमा सञ्चालन गरेको ग्यास प्लान्टमा अनियमितता भएको भन्दै छानविन गर्न ट्रम्पले युक्रेनका राष्ट्रपति बोल्डोमायर जेलेनस्कीलाई दबाब दिएको बताइएको छ। 

ट्रम्पले आफ्नो आग्रह नमाने युक्रेनलाई दिँदै आएको अमेरिकी सैन्य सहायता कटौती गर्ने चेतावनी दिएको समेत आरोप लगाइएको छ । 

विडेन अमेरिकामा आगामी वर्ष हुने राष्ट्रपति निर्वाचनका सम्भावित उम्मेद्वार मानिन्छन् । सदनको न्यायिक समितिले बुधबार यसमाथि सुनुवाई सुरु गर्नेछ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर