• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

नेता तामाङ आदर्शको प्रतिमुर्ति हुनुहुन्थ्यो : सहमहामन्त्री महत 

काठमाडौं । नेपाल कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले कांग्रेस नेता भिम बहादुर तामाङ नैतिकता र आदर्शको प्रतिमुर्ति भएको बताएका छन । आज भिम बहादुर तामाङ स्मृति प्रतिष्ठान नेपालले कांग्रेस मुख्यालय सानेपामा आयोजित स्वर्गीय नेता तामाङको ७ औं स्मृति सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पुर्व मन्त्री महतले कांग्रेसले भिम बहादुर तामाङको त्यो निष्ठाको बाटो बिर्सन नहुने पनि जिकिर गरे ।

कांग्रेस सहमहामन्त्री महतले समाजलाई सहि रुपमा रुपान्तरण गर्न सरलता र सकृयताको आवस्यकता पर्ने भन्दै त्यो सबै गुनले भिम बहादुर तामाङ भरिपुर्ण भएको पनि स्मरण गरे ।

महतले कांग्रेसलाई मजबुत बनाउन कांग्रेसका नेताकार्यकर्ताहरु निरन्तर जनताको सम्पर्कमा बस्ने र जनगुनासोहरुलाई सुन्ने बानी बसाल्न पनि आग्रह गरे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर