• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

साग हेर्न दशरथ रंगशालामा पाकिस्तानका मन्त्री

काठमाडौं । पाकिस्तानका अन्तर–प्रान्तीय समन्वय मन्त्री डाक्टर फेमिन्दा मिर्जा नेपाल आएका छन् । उनी काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता हेर्न नेपाल आएका हुन् । 

फेमिन्दा मिर्जा आइतबार दशरथ रंगशालामा आयोजित उद्घाटन समारोहमा सहभागी भएका थिए ।

उनी तीनदिने नेपाल भ्रमणमा आएका हुन् । साग खेलमा आफ्नो टोलीको समर्थन गर्न साथै नेपाल र पाकिस्तानबीचको खेलकुद सहकार्य, युवाहरुसँग अन्तक्रिया गर्नका लागि उनी नेपाल आएका हुन् ।

पाकिस्तानले यसपटक विभिन्न प्रतियोगिताका ३ सय टोलीसँग प्रतिस्प्र्धा गर्नेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर