• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

भेरी बबई आयोजना १ वर्ष ढिला हुँदा राज्यलाई ५ खर्ब घाटा हुन्छ : मन्त्री पुन

आयोजना निर्माणमा सहयोग गर्न स्थानीयलाई आह्वान

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले भेरी बबई बहुउद्देश्यीय आयोजना १ वर्ष ढिला हुँदा राज्यलाई ५ खर्ब घाटा हुने बताएका छन् । सुर्खेतको छिन्चु गाउँपालिकामा सोमबार आयोजनाको शिलान्यासपछि सम्बोधन गर्दै मन्त्री पुनले सो कुरा बताएका हुन् । 

सम्बोधनको क्रममा मन्त्री पुनले आयोजना निर्माणमा जति ढिला भयो उति नै स्थानीयलाई समेत घाटा हुने भन्दै सम्बन्धीत सरोकारवाला सबैलाई समयमै काम सम्पन्न गर्न आह्वान समेत गरे । मन्त्री पुनले उक्त बहुउद्देश्यीय आयोजना सिंचाई र ऊर्जाको क्षेत्रमा महत्वपूर्ण भएको भन्दै स्थानीयलाई आयोजना निर्माणमा सघाउन आग्रह गरेका छन् । 

देश संघीय संरचनामा गइसकेपछि संविधानले नै प्रायाजित गरेका अधिकारलाई स्थानीय जनताले अनूभूति हुनेगरी आयोजना बन्न लागेको स्पष्ट पारे । आयोजनाबाट प्राप्त प्रतिफल तिनै तहका सरकारले पाउने भन्दै सहयोग गर्न मन्त्री पुनको अनुरोध छ । सिंचाईको क्षेत्रमा उक्त आयोजनाले बाँके र बर्दियाको सबै क्षेत्रमा काम गर्ने भन्दै ऊर्जाको क्षेत्रमा भने कर्णाली लगायत देशकै लागि उपलब्धिमुलक हुने मन्त्री पुनको भनाई छ । 

कर्णाली प्रदेशलाई २ वर्षभित्र उज्यालो बनाउने अभियानमा आफूहरु रहेको भन्दै मन्त्री पुनले कर्णाली उज्यालो बनाउने सुनौलो अवसरको रुपमा भेरी बबई आयोजनालाई लिन स्थानीयलाई आग्रह गरे । 

यसअघि मन्त्र िपुनले सोमबार पूजापाठसहित आयोजनाको शिलान्यास गरेका थिए । शिलान्यास कार्यक्रममा ऊर्जामन्त्री पुन, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर