प्रदेश पाँच सरकारद्धारा  अनुदान ब्यवस्थापन सम्वन्धी मार्गदशन  स्वीकृत 

बुटवल । प्रदेश पाँच सरकारले  अनुदान ब्यवस्थापन सम्वन्धी एकीकृत मार्गदशन २०७६ स्वीकृत गरेको छ । प्रदेश सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीका अनुसार सोमवारको मन्त्रीपरिषद बैठकले उक्त मार्गदर्शनलाई स्वीकृत गरेको हो । अनुदानका कार्यक्रमहरु मितब्यायी र दिगोपन दिन मार्गदर्शन बनाइएको उनले बताए । 

उनले कृषि अनुदानमा ब्यापक अनियमितता भएको भन्ने विषयमा सरकारको ध्यान गएको र अध्यान अनुगमनका  कामहरु भइरहेको बताए । 

त्यस्तै रुपन्देहीको लुम्विनी सास्कृतिक नगरपालिका  र स्पेनको एक्ट्रेमदुरा कम्युनिटी प्रान्तको क्यासेरेस सिटी काउन्सीलबीच भगिनी सम्वन्ध कायम गर्न नेपाल सरकारमा सिफारिस पठाउने निर्णय पनि गरेको छ । त्यस्तै सोमवारको बैठकले बुटवलमा हुन गइरहेको वार एशोसिएसन को ४६ औं केन्द्रीय कार्यकारिणी परिषद बैठक र मानवअधिकार राष्ट्रिय गोष्ठीका लागि ५ लाख अनुदान दिने निर्णय पनि गरेको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर