गोरु तस्करीको बाटो फेरियो, कतै प्रहरीकै सेटिङ्ग !

झापा । जिल्लामा पछिल्लो समयमा गाई गोरु तस्करीको बाटो फेरिएको छ । कतै प्रहरीको सेटिङ तस्करी भइरहेको छ, भने कतै प्रहरीको आँखा छलेर तस्कर समूहले गाई गोरु भारत निकासी हुँदै आइरहेको थियो ।

नेपाल भारतको खुला सीमा क्षेत्रमा अवैध रूपमा गाई गोरु भारत निकासी हुन थालेपछि यसको नियन्त्रण तथा रोकथाममा नेपाल प्रहरीले पछिल्लो समयमा सक्रियता बढाएको थियो । प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेशकुमार मैनाली आएसँगै गाई गोरु तस्करी नियन्त्रणमा प्रहरीले चासो देखाएको थिए । विशेष गरी झापाको भद्रपुर, केचना, घेरावारि, कुमरखोद, टाघनडुब्बा, गौरीगञ्ज लगायतका नाकाबाट दैनिक गाई गोरु भारततर्फ तस्करी भइरहेको थियो । भने अहिले झापाको बाहुणडाँगी, नकलबन्दा, ज्यामिरगढी लगायत नाका तस्करीले मुख्य बाटो बनाउन थालेका छन् ।

पूर्वी नाकाको मेचीनगर वडा न ५ स्थित दश गजा क्षेत्रबाट २५ ओटा गोरु प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले सोमबार राति ८ बजे सो क्षेत्रबाट यी गोरु भारत तर्फ लादै गरेको अवस्थामा पक्राउ गरेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी गोविन्द कुमार कार्कीले जानकारी दिए । बरामद गोरु पक्राउ गरी आवश्यक कारबाहीको लागी मेची भन्सार कार्यालय बुझाइएको छ ।

बाहुण्डाँगी प्रहरी चौकी, नकलबन्दा प्रहरी चौकी, ज्यामिरगढी प्रहरी चौकी, घेरावारि प्रहरी चौकी, इलाका प्रहरी कार्यालय कुमरखोद, इलाका प्रहरी कार्यालय गौरीगञ्जका इन्चार्जहरूले गाई गोरु बरामद गरी भन्सार बुझाएको खासै देखिँदैन । झापाका ती नाकाहरूमा भ्यान, जिप, ट्रकमा दिनहुँ गाई गोरु ल्याउने र बिहान, बेलुका र रातको समयमा तस्कर समूहले सोजै भारत लैजाने गरेको छ । भारतबाट ती गाई गोरुलाई बङ्गलादेश, आसाम लगायतका ठाउँमा पुर्‍याउने गरेको छ । यता गाई गोरु लगायतका तस्करी गतिविधि नियन्त्रण गर्न सीमा क्षेत्रमा इन्चार्जहरूलाई कडा निर्देशन दिइसकेको प्रहरी कार्यालय झापाका एसपी दिनेशकुमार मैनालीले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर