• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

प्रचण्ड अध्यक्षताको सचिवालय बैठकः खनाल र पोखरेल किन अनुपस्थित !

काठमाडाैं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक पार्टी कार्यालय धुम्बाराहीमा बसेको छ । 

औपचारिक रुपमा पार्टीको कार्यकारी भूमिका पाएपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा पहिलो पटक सचिवालय बैठक बसेको हो ।

सचिवालयमा ९ सदस्य मध्ये  ६ सदस्य सहभागी छन् ।  सदस्यमध्ये पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली उपचारार्थ अस्पताल भर्ना भएका कारण बैठकमा अनुपस्थित रहेका हुन् ।

बैठकमा सचिवालय सदस्यद्वय झलनाथ खनाल र ईश्वर पोखरेल पनि अनुपस्थित छन् । खनाल बाहिर जिल्ला गएकाले उपस्थित हुन सकेनन् भने पोखरेल किन अनुपस्थिती रहे खुल्न सकेको छैन। खनालले राजधानी बाहिर भएकाे अध्यक्ष प्रचण्डलाइ जानकारी गराए पनि पाेखरेलले भने जानकारी गराएका छैनन् ।

बैठकमा उपनिर्वाचन परिणामको समीक्षा लगायतका विषयमा छलफल भइरहेको बताइएको छ । बैठकको सुरुमै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे बैठकलाई जानकारी गराएको एक सदस्यले जानकारी दिए ।


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर