• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

निलम्बित डिएसपी कुमोद ढुङ्गेललाई पक्राउ गर्न अदालतको अनुमति

काठमाडौं । नेपाल प्रहरीमा निलम्बित डिएसपी कुमोद ढुङ्गेललाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ। प्रहरी प्रधान कार्यालय नक्सालको सिफारिसमा गत वैसाख २० गते गृह मन्त्रालयले बिहीवार डिएसपी ढुङ्गेललाई निलम्बन परेका थिए।
इलाका प्रहरी कार्यालय चन्द्रानिगाहपुर ९रौतहट०मा कार्यरत डिएसपी ढुङगेलको डकैतीमा संलग्न व्यक्तिसँग फोन सम्पर्क देखिएको आधारमा अनुसन्धानका लागि निलम्बन गरिएको थियो।

नेपाल प्रहरीभित्र ओभर्ट र कोभर्ट अपरेशनमा चर्चा कमाएका ढुंगेलको सम्बन्ध निर्माण व्यवसायी शरद गौचनको हत्यामा मुछिएका समिरमान सिंहसँग पनि भेटिएको प्रहरी स्रोतले बताएको छ । उक्त गिरोहसँग उनको नियमित सम्पर्क र कुराकानी समेत भएको तथ्य भेटिएको छ ।

ढुंगेलमाथि डाँका समूहसँग साँठगाँठको आशंका छ । उनीमाथि छानविन गर्न गृहमन्त्री रामबहादुर थापा बादल देखि गृहसचिव प्रेमकुमार राई समेतले आइजीपी सर्वेन्द्र खनाललाई निर्देशन दिएका थिए । उनले आपराधिक गिरोहसँग मिलेर गम्भीर घटना घटाउन खोजेको तथ्य गृहमन्त्री बादल र गृहसचिव राईको टेबुलमा पुगेको थियो ।

काठमाडौंको रानीबारीमा भएको एउटा डकैती घटनामा डकैतीमा संलग्न व्यक्तिको डिएसपी ढुंगेलसँग सम्पर्क फेला परेको थियो । ढुंगेलले घटनामा संलग्न भनिएका विक्रम श्रेष्ठसँग नियमित सम्पर्क गर्ने देखि कुराकानी समेत गरेका थिए । तर, ढुंगेलको अन्य आपराधिक संगठनका सदस्यसँग मिलेमतोसहितको तथ्य तयार गरेर प्रहरीले अनुसन्धान अगाडि बढाएको हो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर