• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

पत्रकारका ८ प्रश्न, प्रचण्डको जवाफ : उपनिर्वाचनदेखि सीमा विवादसम्म

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गरेको वित्त सम्मेलनमा भाग लिनका लागि धनगढी पुगेका छन् । प्रायजसोः राजधानीबाट बाहिर जिल्ला जानेबित्तिकै मिडियासंग नजिके हुने बानि परेका अध्यक्ष दाहाल बिहीबार पनि धनगढीमा पत्रकारसंग केहीबेर बसे । झण्डै आधा घन्टा पत्रकारहरुसंग छलफल गरेका अध्यक्ष दाहालले देशको समसामयिक विषयमा उठेका विषयहरुको जवाफ दिने प्रयास गरे । 

भर्खरै सम्पन्न भएको उपनिर्वाचन, प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था, नेपाल भारत सीमा विवादमा देखिएका चुनौति, भारतीय पूर्वराजदूत श्यामशरणले दिएको वक्तव्य लगायतका विषयमा प्रष्ट पार्ने कोसिस गरे । 

प्रधानमन्त्री ओलीको स्वास्थ्यवस्थाबारे आफूले बिहानैमात्र जानकारी लिएको भन्दै भोलिसम्म अस्पतालबाट डिस्चार्ज हुने अध्यक्ष दाहालले बताए । साथै, नियमित कामहरु विस्तारै सम्हाल्नेगरि अघि बढ्ने समाचार आफूसंग भएको भन्दै सुरुमा नै उनले ताजा समाचार भने ।

सरकारका कामहरु र अन्य राजनीतिक गतिविधिहरु सामान्य हिसाबले चलिरहेको भन्दै प्रादेशीक गतिविधिलाई कसरी अघि बढाउने भन्दै कोसिस भइरहेको उनले बताए । साथै, उनले मन्त्रिमण्डल पुनर्गठन भइसकेको र नयाँ अनुहार आएपछि जनताले केही नयाँ खोजेको हुनसक्ने भन्दै नयाँ मन्त्रिहरुले पक्कैपनि देशको परिस्थिति र आवश्यक्तालाई बुझेको बताए । 

पार्टीमा पछिल्लो पटक बसेको सचिवालय बैठकका आधारमा अघि बढेको भन्दै उपनिर्वाचनको समीक्षा गर्ने बारेमा र आउँदो २३ गते यसबारे समीक्षा गर्ने उनले बताए । 

‘अबको ध्यान अलि बढी हिजो राज्यबाट पछि पारिएका क्षेत्रका जनताहरुको आर्थिक विकास र समृद्धिमा ध्यान केन्द्रीत गर्नुपर्छ भन्ने सैद्दान्तिक रुपमा सहमति छ । व्यवहारिक रुपमा अघि बढाउने क्रममा पनि सोचिएको छ ।’ उनले भने ।

बिहीबार र शुक्रबार धनगढीमा हुनेगरी कार्यक्रम तालिका निर्धारण गरेका अध्यक्ष दाहालले पत्रकारहरुसंग यसरी सवाल जवाफ गरे । यस्तो  थियाे सवाल जवाफ :

पत्रकार : यहाँ (प्रचण्ड), जहाँ जानुभयो त्यहीँ आन्दोलनमा बस्छु भन्नुहुन्छ ? हजुरहरुले कारबाही गर्ने की अनसन बस्ने ? 

प्रचण्ड : मैले ३ वटा ठाउँमा आन्दोलन गर्छु भनेको छैन् । दुई ठाउँमा भनेको हुँ । जहाँ जनताले वर्षैंदेखि एउटा सामान्य बाटोपनि नबनेर दुःख पाएका छन् । पहिला अनसन बसेरै, त्यो अनसन बसेको बेलामा म प्रधानमन्त्री थिएँ । दुई नम्बर प्रदेशको कुरा हो यो । खासगरी पिपरा गाउँपालिका । जहाँ अहिले हाम्रो पार्टी(नेकपा) ले चुनाव जित्यो पनि त्यहाँ । मैले अनसन बस्छु भनेपछि जनतालाई भरोसा भएको छ । म साँच्चै बस्छुपनि फेरि । यदी त्यो बाटो समयमा बनेन भने म बस्छु पनि । जहाँपनि बस्ने भनेको होइन, भन्नेभए त यहीँपनि भन्छु नी ।

 

पत्रकार : कालापानीफिर्ता गर्नका लागि सरकारले के गरिरहेको छ ? अर्को कुरा, नेकपा सुदूरपश्चिम प्रदेश समितिले एउटा वक्तव्य निकाले कुटनीतिक रुपमा भएन भनेपनि अन्य विकल्पबाट समाधान गर्छ भनेको छ । यसको अर्थ अन्तर्राष्ट्रियकरण भनेको होला । तपाँईले अन्तर्राष्ट्रियकरण गर्नु आवश्यक छैन भन्नुभएको थियो , यसमा के छ धारणा ? 

 

प्रचण्ड : पहिलो कुरा, सरकारले यो विषयको गम्भीर्यतालाई विचार गरेर सर्वदलीय र सर्वपक्षिय बैठक बोलाएर नेताहरु र विज्ञहरु सबैको सर्वसम्मतबाट कालापानि, लिपुलेक र लिम्पुयाधुरा बारे राष्ट्रिय सहमति बनेको छ । सरकारले राजनीतिक र कुटनीतिक ढंगले सहमति गरेर तुरुन्तै त्यो क्षेत्र फिर्ता ल्याउनपर्छ भनेको छ । त्यसैअनुसार नै परराष्ट्र मन्त्रालयमार्फत सरकारले एउटा प्रश्न पठाइसकेको छ ।

 

त्यसकारण सरकारले केहीपनि गरेको छैन भन्ने होइन् । त्यो पत्र मैले पनि हेरेको छु । र त्यो पत्रमा जनताको भावना समेटिएरै लेखिएको छ । हेर्ने म पनि हुँ । दोस्रो महिले अन्तर्राष्ट्रियकरण गर्नुपर्दैन भन्न खोजेको होइन । मैले सुरुमा नै राजनीतिक र कुटनीतिक पहल गर्दाभन्दा पहिलो त्यस्तो राम्रो नहुन सक्छ । भन्या मात्र हो । 

प्रदेश सातका साथिहरुले कस्तो वक्तव्य निकाल्नुभयो मैले पढेको छैन्, तर अहिले अन्तर्राष्ट्रिय करण भन्ने शब्द प्रयोग गरेर यसलाई जटिल बनाउने प्रयास नगरौं । 

 

पत्रकार : भारतीय विदेशसचिव श्यामसुन्दर नेपाल आएर नै नेपालका राजनीतिक दलहरुले यो मुद्दालाई राजनीतिकरण गरे भने अलि गम्भीर हनसक्छ भन्नुलाई यहाँले कसरी लिनुभएको छ ? पार्टीले कसरी लिएको छ ? 

 

प्रचण्ड : पहिलो कुरा उहाँले कसरी भन्नुभयो भन्ने लागेको छ, एउटा आर्टिकल पनि आयो भन्ने छ । उहाँले ८० लाख नेपालीको कुरा पनि गर्नुभएको छ । त्यो कुरा विल्कुल जायज छैन् । श्यामशरण एउटा कुटनीतिक मानिन्थ्यो, त्यस्तो मान्छेले यस्तो भाषा प्रयोग गर्ने कुरा कतै शोभनीय छैन् । हामीले अरु कुनै राजनीतिकरण गर्न खोजेको छैनौं ।

 

हामीले संवाद र राजनीतिका माध्यमबाट हल गर्ने प्रयास गरेका छौं । यसलाई राजनीतिकरण गर्न लागेको भन्ने उहाँले देख्नुभएको छ भने उहाँको दृष्टिदोष हो, नेपाल राष्ट्र एक छ कालापनीको सवालमा । मैले यो कुरा पहिले र पटक पटक भनेको छु, पहिले भएको वार्तामा पनि भारतले स्वीकारेको कुरा भनेको सुस्ता र कालापानी क्षेत्रको समास्या समाधान भएको छैन् । यो समाधान गर्नुपर्छ भन्ने कुरा भारतले पनि स्वीकारेको खण्डमा श्यामशरण जस्तो मान्छेले यसो भन्नु दुःखद कुरा हो । 

 

पत्रकार : प्रधानमन्त्रीको स्वास्थ्यका कारण यहाँको चीन भ्रमण रोकिएको भन्नेपनि आयो । भारतबाट चीनको राष्ट्रपति नेपाल आउने बेलामा पनि तपाँइले भन्नुभएको ‘टु प्लस वान’ कुरा पनि छ, प्रधानमन्त्रीको स्वास्थ्य त ठिकै रहेछ, के कारणले चीन भ्रमण रोकियो ? 

 

प्रचण्ड : म अहिले कुनै कुटनीतिक कारणले चीन जाने कुरा रोकेको होइन् । ‘टु प्लस वान’ का कारणले पनि रोकिएको होइन् । प्रष्ट कुरा के हो भने, हाम्रो प्रधानमन्त्री अस्पाला भएको र अस्पतालबाट केही सुधार भएको र डाक्टरहरुले मलाई नै भनेको छ की, उहाँको घाउ निको हुन एक महिना डेढ महिना लाग्छ । डिस्चार्ज नै भएपनि उहाँ विसन्चो हुँदाहुँदै मलाई नै ठिक लागेन की, एउटा अध्यक्ष विरामी भएको र अर्को अध्यक्ष अध्ययन भ्रमण गर्ने कुरा सहज र स्वभाविक भएकोले हाललाई स्थगित गरिएको मात्र हो । 

 

तपाईंहरुलाई थाहा होला, मैले चीन भ्रमणमा जाँदा केही वर्ष पहिले नै त्रिदेशीय साझेदारीको सहमति हुनुपर्छ भनेर नेतृत्वसंग नै राखेको थिएँ । त्यसपछि भारत जाँदा भारतको नेतृत्वसंग पनि त्यही कुरा भनेको थिएँ ।

 

चीनले सकारात्मक र भारतले गम्भीर विषय भएकाले अलि समय आएको छैन की भन्ने त्यतिबेला थियो । पछि राम्रो संयोग भयो, चीनका राष्ट्रपति र भारतका प्रधानमन्त्रीसंग मैले एकैपटक छलफल गर्ने मौका मिल्यो । भारतको गोहामा । त्यो बेलामा विमस्टेकको सम्मेलन चलिरहेको थियो । म पनि सहभागि थिएँ । मैले त्यहाँ पनि त्यसको बारेमा कुरा गरेँ । र चीनको राष्ट्रपति र भारतका प्रधानमन्त्री दुवैले यो विषय अगाडी बढाउनपर्छ भन्नुभयो र यो कुरा मैले पहिलेदेखि नै सार्वजनिक गर्दै आएको छु ।

 

मलाई खुसी हुन्छ की त्रिदेशीय साझेदारीको रणनीतिमा सहमत हुनु ठूलो कुरा हो । त्यसले विकासको क्षेत्रमा निकै राम्रो सहयोग गर्छ भनेर मैले ७÷८ वर्षअघि नै त्यो प्रसताव राखेको थिएँ । अस्ति भारतको राष्ट्रपति भारत हुँदा त्यसबारे चर्चा भयो । ‘टु प्लस वान’ नभएर ‘थ्री’ नै हो । यो कुरा मैले दुवैजना नेताहरुले कुरा गर्दा उहाँहरुले नेपालको भूमिका महत्वपूर्ण हुन्छ भनेर भनेको सम्झिरहेको छु । मलाई विश्वास छ, हमी नेपालीहरुले ‘थ्री’ नै हुनपर्छ भनेर हामी सबैले समाचार, लेख रचना बनाउँदा त्यसो गर्दा उचित लाग्छ ।

 

पत्रकार : स्थानीय निकायमा व्यापक भ्रष्टाचार, अनियमितता जस्ता विधिध कुराहरु चलिरहेको छ । मन्त्रिमण्डल हेरफेर पनि भयो । हामीमार्फत जनतालाई यो कुरा बताइदिनुस की, संघीय सरकारले स्थानीय र प्रदेश सरकारका कामहरुलाई कसरी मुल्याकंन गरिरहेको छ ? 

 

प्रचण्ड : पहिलो कुरा भर्खरै भएको उपचुनावको समीक्षा प्रक्रिया सुरु भएको छ । समग्र समिक्षा हाम्रो सचिवालयबाट आउँछ । तर, एउटा कुरा के हो भने जनताले निर्वाचनमा व्यापक रुपमा सहभागि भएका छन् । निर्वाचन परिणामको दृष्टिकोणले त्यो सन्तुलित परिणाम जनताले दिएको छ । अख्तियारले आफ्नो काम, भ्रटाचार भइरहेको कुरालाई काराबाही अगाडी बढाउने कुरा त्यसले गर्छ, मेरो कुरा भएन् । प्रदेश स्थानीय तहतिर भ्रष्टार नै भ्रष्टाचार छ भन्ने कुरा सत्य होइन् ।

 

संरचना बनिसकेकोले विकास निर्माणका कामहरु जसरी भइरहेको सबैतिर हेर्योभने व्यापक विकास भइरहेको छ । यसुको मतलब त्यहाँभित्र अनियमितता भएको छैन भन्ने त मेरो कुरा होइन् । तर, एकपक्षीय भएर एक आँखाले हेरेर पुग्दैनु । प्रदेश हरुले पनि आफ्नो ठाउँबाट प्रयास गरिरहेका छन् । अझ धेरै सुधार गर्नपर्ने आवश्य    क्ता छ । भ्रष्टाचार मात्रै भयो भनेर अत्यन्तै प्रतिगामी कोणबाट पनि प्रश्न आउने गरेको छ ।

 

त्यसकारण कति हो कति होइन भन्ने कुरा छानविन हुनुपर्छ । मलाई लाग्छ, अख्तियारले ७५३ ठाउँमै भ्रषटाचार छ भनेको छैन् । विभिन्न ठाउँमा देखिएको अनियमिता भनेको होला । तर, नयाँ संविधानले विकास नै हुन सकेन भन्ने कुरा चाँही पटक्कै होइन् ।

 

तपाँई हामी मोतियारिदेखि अमलेखगञ्जसम्मको पाइपलाइनको कुरा गरौं, चीनिया राष्ट्रपतिको भ्रमणको कुरा गरौं, विभिन्न करिडोर, रेल हाइड्रो तगायतका विषयले विकास नै भएन भन्ने होइन् । २५० वर्षसम्म राजा महाराजाले गरेको थियो अहिले भएन भन्छन्, केही प्रतिक्रियावादीहरुले तर, पत्रकार साथिहरु संवदेनशील हुन जरुरि छ । जहाँ अनियमितता छ त्यहाँ कारबाही हुनैपर्छ । 

 

पत्रकार : यहाँकै पार्टीको सुदूरपिश्चिम प्रदेशको इन्चार्जसमेत हुनुहुन्छ, भीम रावल । उहाँले पटक पटक भन्नुहुन्छ की, सुदूरपश्चिम प्रदेशलाई हेर्न दृष्टिकोण पार्टीगत विशेषको होइन, संरचनागत समस्या छ । के भन्नुहुन्छ ? 

 

प्रचण्ड : पहिले त संवैधानीक रुपले नै समस्या थियो । जतिबेला सामान्ति शासन थियो, निरकुंश थियो । अहिले त्यो समस्या हो जस्तो मलाई लाग्दैन् । अहिले चाँही योजना निर्माण र बजेट विनियोजन गर्न सुदूरपश्चिम कर्णाली जस्तो क्षेत्रमा ध्यान दिन प्रदेशले, संघले ध्यान दिने समस्या होला । तर, संरचनागत नै समस्या चाँही होइन् । हाम्रै नेतृत्वमा विद्युत उत्पादनमा जे गरियो, विस्तारै फोकस चाँही पहिला राजयलाई जसले उपेक्षित गर्यो त्यतातिरै लागेको देखिन्छ । 

 

पत्रकार : पछिल्लो पटक खासगरी सरकार, राजनीतिक दल र जनप्रतनिधिहरुको बारे टिकाटिप्पणी हुन थालेका छन् । कतै यो व्यवस्था नै भित्र भित्रै फेल गराउने प्रयास त भएको छैन ?

 

प्रचण्ड : मैले अघि नै यो प्रश्नको जवाफ दिइसकेँ । एकथरी शक्ति र तत्वहरु नियोजित रुपमा ७० वर्ष नेपाली जनताले लडेर ल्याएको परिवर्तनलाई बदनाम गर्नेतिर लागेका छन् । हामी परिवर्तनका पक्षधरहरु एक भएर यसको रक्षाको निम्ति प्रतिरोध गर्नपर्छ । 

 

पत्रकार : विशेष दूत बनेर माधव नेपाललाई भारत पठाउने भन्ने कुरा के भएको छ ? 

 

प्रचण्ड : अलिअलि मिडियामा आएको छ । प्रधानमन्त्रीजीले वरिष्ठ नेता माधव कुमार नेपाललाई बोलाएर यो विषयमा कुरा गर्न तपाँईचाँही सरकारको तर्फबाट विशेष दूत बनेर जानपर्यो भनेको साँचो हो । तर, त्यसको निम्ति आवश्यक प्रक्रिया, भारत सरकारसंगको हुनुपर्ने पत्राचार, उच्च स्तरको भेटघाटको सुनिश्चितता सबै गर्न बाँकी छ । फाइनल भइसकेको छैन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर