सुर्खेतको पश्चिम भेगमा नियम विपरित पसल सञ्चालन

सुर्खेत । सुर्खेतको पश्चिम भेगमा नियम विपरित पसलहरु संञ्चालनमा भएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतको अगुवाईमा बुधवार गरेको अनुगमनमा १२ वटा पसलहरु यस्ता भेटिएका हुन । पञ्चपुरी नगरपालिका–२ सालको र चौकुने गाउँपालिका–८ विशालबजारमा गरिएको अनुगमनमा ८ वटा नियम विपरित सञ्चालन भएका पसलहरुलाई ७ दिन भित्र जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन समेत दिइएको छ । यस्तै ४ वटा कुनैपनि कागजात र प्रक्रिया नपुगेका पसलहरुलाई तिन दिनभित्र आवश्यक प्रक्रिया पुर्याई सञ्चालनमा ल्याउन निर्देशन दिइएको छ । 

एग्रोभेटको प्रमाणपत्र नलिएर भेटेनरीको सामान राखिएको वीरेन्द्र एग्रोभेट तथा खाद्यखुद्रा पसलले राखेका भेटेनरी सामाग्रीहरु समेत औसधी ब्यावस्था बिभाग बाकेको समन्वयमा  जफत गरिएका छन् । अनुगमनका क्रममा दर्ता नगरेका ढक तराजु र ढुंगाका ढक राखिएका तिन वटा तराजु तथा एक वटा सुनचाँदी पसलको तराजु समेत जफत गरिएको छ । सुनचाँदी पसलमा भेटिएको डिजिटल तराजुमा १.९ ग्राम तौल कम गरिएको भेटिएको छ । ‘चौकुनेको गुटु र पञ्चपुरीको सालकोटमा गरी जम्मा १२ वटा पसल अनुगमन गरियो हो जहाँ दार्ता नगरिएका, साइनबोर्ड नराखिएका, ढक तराजु समेत ढुंगाको प्रयोग गरिएको पाइयो ।’ जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत तथा सुचना अधिकारी उत्तम शर्माले भने, ‘खाद्य र अखाद्य वस्तुहरु एउटै ठाउँमा राखेर बिक्रि वितरुण गरेको पनि पाइयो ।’

नियम बिपरित संचालन गरेका विभिन्न पसलहरुलाई कार्वाहि गर्नको लागी कानुनको समस्या भएको प्रशासकीय अधिकृत तथा सुचना अधिकारी उत्तम शर्माले बताए । सुर्खेतको हकमा वीरेन्द्रनगर नगरपालीका बाहेक अरु कुनै पनि स्थानिय तहमा अनुगमन सम्बन्धी कानुन नबनेकोले कार्बाहिको लागी समस्या भएको हो । उनले भने ‘उपभाक्त हकहित अनुसार अदालतमा पठाउनु पर्छ गुणस्थर नापतौल कार्यलयले गर्छ ।’ उनले भने–‘हामीले अबैधानिक रुपमा संचालनमा रहेका खाद्य तथा गुणस्थर बस्तुहरुको अनुगमन गरेर सजक गराउने हो तर कार्बाहि हामीले गर्ने कानुन छैन र गर्न पनि मिल्दैन त्यसो भएको हुनाले हामीलाई गाह्रो भएको हो । अहिले हामीले सजक गराएका छौ केहि सुधार हुनेमा हामी आसाबादी छौ’ ।

उनका अनुसार अहिले पहिलो चरणमा अनुगमन गरि एक हप्ता भित्र सबै प्रक्रिया पुरा गर्न निर्देशन गरिएको छ । त्यसपछि पनि अटेर गरी पसलहरु सञ्चालन गरे कानुन बमोजिम अगाडी बढ्ने शर्माको भनाई छ ।  सुनचाँदी पसल, खुद्रा खाद्य पसल, इलेक्टोनिक र फेन्सी पसलमा अनुगमन गर्दा म्याद नाघेका सामाग्री समेत भेटिएका थिए । अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख भेष बहादुरथापा, गुणस्तर तथा नापतौल कार्यालय सहायक निरीक्षक टोपेन्द्र विक, उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयकी अधिकृत रिमा कुमारी कँडेल, प्रहरी प्रशासन, वडा कार्यालय र पत्रकारहरुको उपस्थितिमा अनुगमन गरिएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर