मन्त्री बस्नेत र मुख्यमन्त्री शाहीले कार्यक्रम बहिस्कार गरेको होईन–सचिवालय

काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको सचिवालयले सुर्खेतमा मौसमको जानकारी दिने राडार सञ्चालन उद्घाटन गर्ने कार्यक्रममा बन तथा वातावरण मन्त्री र कर्णाली प्रदेशका मुख्यमन्त्री अन्य कार्यक्रमका कारण उपश्थित नभएको बताएको छ । मन्त्री पुनको प्रेस संयोजक रोशन खड्काले मन्त्री र मुख्यमन्त्रीले कार्यक्रम बहिस्कार गरेको भन्ने समाचारमा सत्यता नभएको जानकारी दिए ।

‘मौसम सम्बन्धी पूर्व सूचना दिने रेडियो डिटेक्सन एण्ड रेन्जिङ ‘राडार’को औपचारिक कार्यक्रममा प्रदेशका मुख्यमन्त्री नगएको, वनमन्त्री असन्तुष्ट रहेको लगायतका समाचार आफैंमा कपोकल्पिक समाचार हुन् । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पूर्व निर्धारित कार्यक्रम भएकाले उहाँहरू उद्घाटनमा सहभागी हुन नसक्नुभएको व्यहोरा म जानकारी दिन चाहन्छु,’ उनले भनेका छन्, ‘उहाँहरू दुवै जना जगदुल्ला जलविद्युत् र नलगाड जलविद्युत् परियाजोनाका सबै कार्यक्रममा माननीय ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनज्यूसँगै दिनभर सहभागी रहनुभएको छ ।’
  
यसअघि वन तथा वातावरण मन्त्रालय मातहत रहेको भनिएको जल तथा मौसम विभाग वनमन्त्रीमा माननीय शक्तिबहादुर वस्नेत नियुक्त हुनुभन्दा पहिले नै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा गाँभिएको उनले बताएका छन् ।

ऊर्जामन्त्री पुनले राडारको कार्यालय आफ्नो प्रदेशमा सार्न खोजेको भन्ने समाचारमा समेत सत्यता नभएको र सो कुरा मन्त्री पुनले कार्यक्रमका दौराख खण्डन गरिसकेको संयोजक खड्काले बताए ।

‘जल तथा मौसम कार्यालय कोहलपुर रहेको र उक्त स्थानमा विभागको भवन संरचना निर्माणाधीन रहेकाले सो कार्यालय हाल सुर्खेतबाट सञ्चालन भइरहेको छ । नेपाल सरकार, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट विभाग र अन्तर्गतका कार्यालयको नयाँ संगठन संरचना निर्माणका लागि निर्देशन भएकोमा सोही अनुरुप कर्णाली प्रदेशको सुर्खेत लगायत अन्य स्थानहरूमा मौसमी राडारहरू समेत सञ्चालन हुने गरी कार्यालय तथा जनशक्ति सहितको संगठन संरचना हुँदै गरेको व्यहोरा समेत जानकारी गराईन्छ’ उनले भनेका छन् ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर