• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

‘पावर बैंक’ नलगाढ (४१७ मेवा) बनाउन टोकियोदेखि जाजरकोटसम्म मन्त्री पुनको दौडधुप

काठमाडौं । २०७५ असार १८ गते सिंहरदरवारस्थित ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री वर्षमान पुनले नेपालका लागि जापानाका राजदूत मासामिची साइगोसँग भेटवार्ता गरे । भेटको उदेश्य नेपालमा ऊर्जाको क्षेत्रमा लगानी बढाउनका लागि जापान सरकार तथा नीजि क्षेत्रलाई आकर्षित गराउनु थियो । र त्यसमा पनि जाजारकोट जिल्लामा रहेको नलगाढ जलविद्युत आयोजनामा लगानी जुटाउनु थियो । 

कुलेखानी जलविद्युत आयोजना पछि नेपालको पावर सप्लाइका लागि ‘पावर बैंक’का रुपमा ४१७ मेगावाटको नलगाढलाई लिईएको छ । कुलेखानी जलाशययुक्त आयोजना बनाएको जापानले नलगाढ पनि बनाउने विश्वासमा रहेका मन्त्रीपुनले राजदूत मासामिचीसँग भेटवार्ता गरेको केही दिन पछि जापानको टोकियो भ्रमण गरेि जापानी अधिकारीहरूसँग सघन बार्ता गरे ।

जापानी समकक्षीसँग वार्ता, जापानी लगानीकर्ता कम्पनीहरुसँग छलफल, नेपाली लगानीकर्तासँग अन्तरक्रियाका अलवा मन्त्री पुनको भ्रमणको प्रमुख लक्ष थियो उही लनगाढ जलविद्युत आयोजनामा लगानी जुटाउनु । जसका लागि मन्त्री पुनले टोकियोस्थित जापानी सहयोग नियोग जाइकाको केन्द्रीय कार्यालयमा महत्वपूर्ण बार्ता गरे । 

वर्ताबाट सकारात्मक सन्देश लिएर नेपाल आएका उनले आफ्नै कार्यकालमा नेपालको ऊर्जाको क्षेत्रमा कोशेढुंगा सावित हुने ठूलो पैमानाको नलगाढ आयोजना बनाउन लागि परे । 

मंसिर १७ गते सोमबार मन्त्री पुन फेरी जाजरकोटस्थित नलगाढ जलविद्युत आयोजना स्थलमा पुगे । आफु मात्रै पुगेनन्, सोही जिल्लाबाट प्रतिनिधिसभामा निर्वाचित सांसद तथा बन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही लगायतका जनप्रतिनिधि लिएर उनी नलगाढ पुगेका थिए । 

नलगाढ जलविद्युत आयोजनाको प्रशासनीक भवन उद्घाटन गर्दैै कार्यक्रमस्थलमा उपश्थित जनतालाई सम्बोधन गरेका मन्त्री पुनले भनेका थिए, ‘नलगाढ आयोजना कर्णालीको विकासका लागि अत्यन्तै महत्वपूर्ण छ, बगेर खेर गएको पानीलाई पैसामा रुपान्तरण गर्ने उद्देशयस्वरुप सरकारले उक्त आयोजनाको काम अघि बढाएको यसमा तपाईहरुको साथ सरकारलाई चाहिएको छ ।’

 त्यसअघि २०७६ असोज ९ गते मन्त्री पुनले टोकियोस्थित जाईकाको केन्द्रीय कार्यालयमा नलगाढ जलविद्युत आयोजनामा लगानी गर्न आग्रह गर्दै छलफल गरेका हुन् । सो क्रममा जाईका र नेपाल सरकार ऊर्जामन्त्रालय बीच नलगाड परियोजना पिपिपी मोडलमा बनाउने समझदारी बनेको थियो ।
सोही मोडलमा जाईकाले अध्ययन गरिरहेको छ । 

क्षेत्रीय विकासमा सन्तुलन–मन्त्री पुन
तुलनात्मक रूपमा सबैभन्दा कम विद्युतीकरण भएको कर्णालीको जाजरकोटमा बन्ने ४ सय १७ मेगावाटको नलसिंहगाढ जलविद्युत आयोजनाले सो क्षेत्रको विद्युतीकरणमा ठूलो टेवा पुर्याउने ऊर्जामन्त्री पुनको विश्वास छ ।

सरकारले लिएको १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्षमा समेत नलसिंगाढ जलविद्युत आयोजना महत्वपूर्ण हुने भएकाले सरकारले सो परियोजना बनाउन जोड गरेको हो ।  जापानी लगानीकर्ताहरूसँगको अन्तरक्रियामा पनि मन्त्री पुनले नलगाढ आयोजनाबारे विशेष चासो दिएको उनका नीजि सिचव दुर्गा चापागाँइले समाचार दैनिकलाई जानकारी दिए ।

मन्त्री पुनले नेपालमा अहिले जलविद्युत मात्र हैन समग्र क्षेत्रमा लगानिका लागि उपयुक्त वातावरण रहेको र ऊर्जाको बजारको समेत सुनिश्चितता भएको बताउने गरेका छन् ।

मन्त्री पुनले भारत तथा बंगलादेशसँग क्रस बोर्डर ट्रान्समिसन लाइनको सहमति भएको र भारतसँग विद्धुत निर्यातको अभ्यास समेत भइसकेको अवस्थामा नेपालमा निर्माण हुने ठुला परियोजनाबाट आर्थिक उपार्जन गर्न सकिने र कर्णाली क्षेत्रको उन्नतीका लागि नलगाढ निक्कै महत्वपूर्ण सावित हुने बताएका छन् ।


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर