जनकपुरधाममा साग खेलको उदघाटन, श्रीलंका र बंगलादेशबिच पहिलो खेल हुँदै

जनकपुरधाम । १३औँ दक्षिण एशियाली खेलकुद साग अन्तर्गत जनकपुरधाममा हुने खेलको एक रंगारंग कार्यक्रम बिच उदघाटन गरिएको छ । 

प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले दीप प्रज्वलन गरी १३औ साग खेल अन्तर्गत जनकपुरधाममा हुने खेलको उदघाटन गरेका हुन् । मुख्यमन्त्री राउतले प्रदेश दुईमा पहिलो पटक हुन गईरहेको साग अन्तर्गत कुश्ती खेलका लागि आएका नेपाली टोली सहित पाँचै देशका खेलाडीहरुलाई स्वागत गरेका थिए ।  

प्रतियोगिताको उदघाटन कार्यक्रममा नेपाली सेनाको टोली तथा जनकपुरधामको मिथिला नाट्य कला परिरषदले सांस्कृतिक नृत्य प्रस्तुत गरेको थियो ।

यसै बिच आजै ४ स्वर्णका लागि कुश्ती प्रतियोगिता हुने भएको छ । जनकपुरधाममा हुने कुश्ती प्रतियोगिताको पहिलो श्रीलंका र बंगलादेश बिच हुँदैछ । 

जनकपुरधाममा हुने कुल २० स्वर्ण पदकका लागि ५ देशले प्रतियोगितामा सहभागिता जनाएको छ । कुश्तीमा नेपाल सहित भारत, श्रीलंका, पाकिस्तान र बंगलादेशले  सहभागिता जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर