• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

भारतमा ‘एयरटेल’को गम्भिर त्रुटी, ३२ करोड प्रयोगकर्ताको व्यक्तिगत डाटा चोरी हुनसक्थ्यो !

एजेन्सी । भारतको तेस्रो ठूलो मोबाइल नेटवर्क एयरटेलमा का ३२ करोडभन्दा बढी प्रयोगकर्ताको व्यक्तिगत विवरण चोरी हुनसक्ने जोखिमपूर्ण कमजोरी फेला परेको छ । 

यी विवरणमा प्रयोगकर्ताको नाम, इमेल, बर्थडे, ठेगाना र उनीहरुको मोबाइल डिभाइसको आइएमइआई नम्बरसम्म चोरी हुन सक्थ्यो । एयरटेलले आफ्नो गम्भिर त्रुटीलाई स्विकारेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

एयरटेलको मोवाइल एप ‘एप्लिकेशन प्रोग्राम इन्टरफेस’ (एपीआई)मा त्यस्तो प्राविधिक कमजोरी फेला परेको हो । 

जुन कमजोरीको माध्यमबाट ह्याकसैहरुले ग्राहकको व्यक्तिगत जानकारी लिन सक्ने देखिएको छ । यद्यपि, कम्पनीले अहिले उक्त समस्या ठीक गरिसकेको बताएको छ ।

‘परिक्षणको रुपमा रहेको हाम्रो एपआईमा प्राविधिक समस्या देखिएको थियो’, कम्पनीका एक प्रवक्ताले बताएका छन्, ‘जुन कुराले हाम्रो ध्यानकेन्द्रित ग¥यो र अहिले समाधान गरीसक्यौँ ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर