दोस्रो भ्वाइस अफ नेपाल बनेका छन् राम लिम्बु (तस्बिरसहित)

काठमाडौं । रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन २’ को विजेता  भएका छन् कोच प्रमोदको टिमबाट राम लिम्बु । चुचेपाटी, बौद्ध स्थित हयात ग्राउण्ड भएको फाइनलमा कोच दीपबाट बिकाश लिम्बु, कोच राजुबाट शनिष श्रेष्ठ, कोच आस्थाबाट आरुफ राव र कोच प्रमोदबाट राम लिम्बुबीचमा प्रतिस्पर्धा भएको थियो । 

दर्शकले दिएको भोटको आधारमा दोस्रो द भ्वाइस अफ नेपाल राम लिम्बु बनेका हुन् । उनले डाटसन रेडी गो कार, १२ लाख नगद पुरस्कार, १५ लाख बराबरको भिडियो एल्बम र विश्व सांगीतिक यात्राको अवसर प्राप्त गरेका छन् । 

यो  सिजनको कोचमा दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा र आस्था राउत थिए । गतबर्ष कोच दीपको टिमबाट सीडी विजय अधिकारीले पहिलो भ्वाइस अफ नेपाल बन्न सफल भएका थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर