• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

रुसमा जलवायु परिवर्तनको असर 

गाउँ पसे ५६ ध्रुवीय भालु, ७ हजार मानिस घरमै बन्द

मस्को । रुसमा जलवायु परिवर्तनको असर देखिन थालेको छ । रुसको हिमाली गाउँ चुकोटकामा ५६ वटा ध्रुवीय भालुले आफ्नो अड्डा बनाएका छन् । यसकारण गाउँका ७ हजार मान्छे घरमै नजरबन्दजस्तै भएका छन् । 

यी भोका सिकारी भालुको डरले मान्छेहरू घरबाट बाहिर निस्किन छोडेका छन् । बालबालिका स्कुल जान छाडेका छन् । स्थानीयका अनुसार यहाँ यो अवस्था आएको दोस्रोपकट हो । 

रुसी मिडियामा पनि यी भालुहरूको चर्चा गरिरहेका छन् । अधिकारीहरूले ६ सय किलो तौल तथा ४० किलोमिटर प्रतिघन्टाको रफ्तारमा दौडिन सक्ने यी भालुबाट बच्न मान्छेहरूलाई सल्लाह दिएका छन् । रुसमा यी भालुलाई गोली हानेर मार्नु गैरकानुनी मानिन्छ । वन्यजन्तु जीव वैज्ञानिक टड एटवुड भन्छन्, ‘गर्मी मौसममा जब हिउँ पग्लन थाल्छ, ध्रुवीय भालु मान्छे बसोबास गर्ने क्षेत्रतर्फ पस्न थाल्छन् ।’

ग्लोबल वार्मिङलाई लिएर जर्नल साइन्स एडभान्समा प्रकाशित एक अध्ययनमा ग्लोबल वार्मिङको प्रभावको आँकलन गरिएको छ । शोधमा के दाबी गरिएको छ भने एक सय वर्षमा पृथ्वीको कुल तापक्रम जति वृद्धि भयो, त्यति नै तापक्रक आर्कटिकमा १० वर्षमै वृद्धि भयो । पछिल्ला एक दशकमा आर्कटिकको तापक्रम ०.७५ डिग्री सेल्सियस बढेको छ । यो तथ्यांक विगत १३७ वर्षमा तापक्रममा भएको कुल वृद्धिको बराबरी हो । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर