• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

हवाई इन्धनमा आयल निगमलाई अधिक मुनाफा, मुनाफा घटाउन सरकारी कार्यदलको सिफारिस (प्रतिवेदनसहित)

ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिन सरकारी कोष बनाउन सुझाव

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनबाट अधिक मुनाफा लिएको देखिएको छ । सन् २०२० लाई नेपाल पर्यटन बर्षको रूपमा मनाउने सिलसिलामा विदेशी तथा स्वदेशी हवाई यात्रुबीच आन्तरिक हवाई उडानमा समान भाडादर कायम गर्ने, अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई सुविधा दिने तथा ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट दिनेलगायत हवाई इन्धनको मूल्य घटाउने र अन्तरप्रदेश हवाई सेवा सञ्चालन गर्ने सम्बन्धमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको अध्ययन कार्यदलले तयार पारेको प्रतिवेदनमा ४२ रुपैयाँ नाफा गरेर हवाई इन्धनको बिक्री वितरण भएको उल्लेख गरिएको छ । 

प्रतिवेदनले छिमेकी मुलुकहरूले लिने गरेको हवाई इन्धनको तुलनात्मक बिक्री मूल्य अध्ययन गरी मिल्दोजुल्दो मूल्य निर्धारण निगमले गर्नुपर्नेमा जोड दिइएको छ । हवाई इन्धनको चर्को मूल्यका कारण पर्यटन क्षेत्रमा नकारात्मक असर पर्ने र हवाई इन्धनको बिक्री मूल्यमा अन्य इन्धनलाई समेत क्रस सब्सिडी दिइएको रहेछ भने पनि त्यस प्रकारको क्रस सब्सिडीलाई निगमले पुनरावलोकन गर्नुपर्ने देखिएको प्रतिवेदनमा उल्लेख छ । 

हवाई इन्धनको मूल्य घटाउन प्रतिवदेनले दियो विकल्प

नेपाल आयल निगमले खरिद मूल्यमा न्यूनतम नाफा जोडी हवाई इन्धनको स्वचालित मूल्य निर्धारण गर्ने र त्यसो गर्दा हाल एलपी ग्यासमा दिने गरेको क्रस सब्सिडी क्रमशः हटाउने विकल्प प्रतिवेदनमा दिएको छ । त्यस्तै, अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई हवाई इन्धन बेच्दा प्रतिलिटर ४२ रुपैयाँभन्दा बढी मुनाफा हुने देखिएको त्यस्तो मुनाफाको दर घटाएर वायुसेवा सञ्चालनमा राहत दिनुपर्ने उल्लेख छ । 

आन्तरिक उडानमा विदेशी नागरिकलाई चार गुणा महँगो भाडा

नेपालका वायुसेवा कम्पनीले आन्तरिकतर्फको हवाई भाडादर नेपाली र विदशीलाई फरकफरक लिने गरेकोमा त्यस्तो भाडादर विदेशी नागरिकलाई शतप्रतिशत महँगो पर्ने गरेको प्रतिवेदनमा औंल्याइएको छ । शतप्रतिशत भाडा बढी लिनेमा नेपाल वायुसेवा निगमसमेत रहेको प्रतिवेदनमा उल्लेख छ । 

नेपाली यात्रुले तिर्ने हवाई भाडाको तुलनामा विदेशी नागरिकले तीनदेखि चार गुणासम्म महँगो भाडा तिरिरहेका छन् । यस्तो अवस्थामा हाल विदेशी यात्रुको हवाई भाडा दर निर्धारण नहुने गरेकाले सरकारले नेपालीलाई लागू हुने भाडा दर निर्धारण गर्ने प्रक्रियाबाटै विदेशीलाई समेत लागू हुने भाडा दर निर्धारण गर्ने र त्यसका लागि अधिकतम र न्यूनतम हवाई भाडा निर्धारण गरिदिने प्रतिवेदनमा उल्लेख छ । 

प्रतिवेदनमा इन्धनको मूल्य व्यावहारिक बनाउनुपर्ने, विमानस्थलमा लिइने विभिन्न शुल्क घटाएर नेपालको हवाई क्षेत्रलाई प्रतिस्पर्धी बनाउनुपर्ने, ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिनका लागि सरकारले कोष बनाउनुपर्ने र त्यसैका आधारमा एयरलाइन्सहरूलाई शोधभर्ना दिनुपर्ने, विमानस्थलमा सहुलियत दिने तथा एयरलाइन्सहरूले ट्राभल एजेन्सीलाई दिने छुट घटाउन पनि कार्यदलले सिफारिस गरेको छ । 

स्वदेशी तथा विदेशी हवाई यात्रुबीच आन्तरिक हवाई उडानमा समान भाडादर कायम गर्ने, अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई सुविधा दिने तथा ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट दिनेलगायत हवाई इन्धनको मूल्य घटाउने र अन्तरप्रदेश हवाई सेवा सञ्चालन गर्ने सम्बन्धमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पूर्वसचिव शुरेशमान सिंहको नेतृत्वमा अध्ययन कार्यदल गठन गरेको थियो । 

९ सदस्यीय कार्यदलमा अर्थ मन्त्रालयका उपसचिव मित्रलाल अधिकारी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव उर्मिला केसी, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक दीपक बराल, नेपाल वायुसेवा निगमका टंकनिधि दाहाल, लेखा विज्ञ सौरभ रिजाल, वायुसेवा सञ्चालक संघ नेपालका महासचिव मनोज कार्की र हवाई उद्योग व्यवस्थापन महाशाखाका सहसचिवव सुरेश आचार्य रहेका थिए । 

मुनाफा घटाउन सरकारी कार्यदलको सिफारिस, हेर्नुहोस प्रतिवेदन

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर