• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

एक फोन कम्पनीलाई २४ हजारपटक फोन गरेपछि ७१ वर्षीय वृद्ध पक्राउ

एजेन्सी । जापानको राजधानी टोकियोमा एक फोन कम्पनीलाई २४ हजारपटक फोन गरेपछि एक वृद्ध पक्राउ परेको प्रहरीले जनाएको छ । 

आकिटोसी ओकामोटो नामक ७१ वर्षीय ती व्यक्तिले हालै लगातार आठ दिनसम्म जापानको टेलिफोन सेवा प्रदायक कम्पनी ‘केडीडीआई’को टोल फ्री नम्बरमा लगातार फोन गरे । 

करार सम्झौता उल्लंघन भएको विषयमा गुनासो गर्नका लागि उनले कम्पनीमा २४ हजारपटक फोन गरेका थिए । कम्पनीले आफूसँगको सम्झौताविपरीत काम गरेको र कम्पनीका कर्मचारीलाई फोनबाटै गाली गर्न उनले ८ दिनभित्रमा २४ हजारपटक फोन गरेको बताइएको छ ।

प्रहरीका अनुसार, ती व्यक्तिले टेलिकम कम्पनी आफूसँग माफी माग्न आउनुपर्ने अडान राखेका थिए ।

ओकामोटोको बारम्बार फोनले हैरान पछि व्यवसायमा अवरोध गरेको अभियोग लगाउँदै पक्राउ गरिएको जापानी सञ्चारमाध्यमले जनाएका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर