• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

राेजगारीका लागि नेपाल आउने विदेशी कामदार बढे

काठमाडाै‌ । नेपालमा सिमेन्ट उद्योग र हाइड्रोपावर कम्पनीमा लगानी बढेसँगै रोजगारीका लागि नेपाल आउने विदेशीको संख्यासमेत बढ्दै गइरहेको देखिन्छ । श्रम ऐनमा ५ प्रतिशतमात्र विदेशी कामदार राख्नसकिने प्रावधान भए पनि परियोजना थपिएसँगै रोजगारीका लागि नेपाल आउने विदेशीको संख्या बढेको हो ।

गत वर्षको ६ महिनाको तुलनामा यो वर्ष रोजगारीका लागि नेपाल आउने विदेशीको संख्या १४ प्रतिशतका दरले बढेर  १ हजार ४८३ पुगेको छ । अघिल्लो वर्षको तथ्याकंअनुसार वैशाखदेखि असोजसम्म नेपाल आउने विदेशी कामदारको संख्या भने १ हजार ३०५ रहेको थियो । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर