सुनचाँदीको मुल्यमा आज पनि गिरावट

काठमाडौं । सोमबार पनि सुनचाँदीको मुल्यमा गिरावट आएको छ ।  आज छापावाल सुन तोलामा २ सयले घटेर ७१ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यस्तै, तेजाबी सुन ७० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेमहासंघले जनाएको छ ।

सोमबार सुनसँगै चाँदीको भाउ पनि घटेको छ । यसदिन चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला ८ सय ३५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर