• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

जलवायु परिवर्तनको असरः समुद्रमा अक्सिजनको मात्र २ प्रतिशत घट्यो, ठूला जलचरको अस्तित्व संकटमा

मड्रिड । जलवायु परिवर्तनका कारण समुद्रमा अक्सिजनको कमीका कारण महासागरका ठूला जीव, माछा तथा सामुद्रिक तटीय क्षेत्रमा बसोवास गर्ने मान्छेमाथि गम्भीर संकट उत्पन्न भएको छ । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसिएन) ले चेतावनी दिँदै भनेको छ, संसारभरका ७ सय स्थान पहिचान गरिएको छ जहाँको अक्सिजनको मात्रा घटेको छ । 

जबकि सन् १९६० मा यो अवस्था ४५ स्थानमा मात्र थियो । यही अवस्थामा यस्ता स्थानको संख्या चार गुणा वृद्धि भएको छ, जहाँ अक्सिजनको मात्रा बिलकुल छैन । समुद्री जीवले तापक्रम वृद्धि, अत्यधिक माछा मार्ने कार्य र प्लास्टिक प्रदूषणको सामना गरिरहेका छन् । 

आइसुसिएनका अनुसार समुद्र जीवाश्म इन्धनबाट उत्पन्न हुने कार्बन उत्सर्जनको चौथाइ हिस्सा सोस्ने गर्दछ । समुद्रमा अक्सिजन कम हुने गति यही रहने हो भने सन् २१०० मा वैश्चिक स्तरमा समुद्रमा घुलित अक्सिजनको मात्रामा ३ देखि ४ प्रतिशत कमी आउनेछ । हाल अक्सिजनको मात्रा २ प्रतिशतसम्म घटेको छ । 

अक्सिजनको कमी समुद्र सतहभन्दा एक हजार मिटरको गहिराइसम्म हुने गर्छ, जो समुद्रको जैविक विविधताको सबभन्दा सम्पन्न हिस्सा हो । आइयुसिएनका कार्यबाहक निर्देशक ग्रेथल एगुइलरले भनेका छन्, ‘समुद्रमा अक्सिजनको मात्रामा भइरहेको कमीलाई लिएर गरिएको एक अध्ययनको समीक्षाभन्दा अगाडि नै सामुद्रिक जीवको सन्तुलनमा अव्यवस्थता भएको छ र ती प्रजातिका लागि खतरा छ, जसलाई अक्सिजनको आवश्यकता पर्छ । टुना, मर्लिन र सार्कजस्ता प्रजाति पहिल्यै खतरामा छन । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर