• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

पौडीमा गौरिका सिंहलाई कीर्तिमानी चौंथो स्वर्ण पदक

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद ९साग० अन्तर्गत पौडीमा नेपालकी गौरिका सिंहले कीर्तिमानी चौंथो स्वर्ण पदक जितेकी छिन् ।

सातदोबाटोस्थित पौडी पोखरीमा महिलाको १०० मिटर फ्रिस्टाइलमा गौरिकाले स्वर्ण जितेकी हुन् । स्वर्ण जित्ने क्रममा गौरिकाले ५८।१३ सेकेण्डको समय निकालिन् ।

भारतकी शिवांगी शर्माले रजत जितिन् ।

योसंगै गौरिकाले एकै सागमा चार स्वर्ण जितेर कीर्तिमान बनाएकी छिन् ।

यसअघि १७ वर्षीय ओलम्पियन गौरिकाले ४ सय मिटर फ्रिस्टाइल, २ सय मिटर ब्याकस्ट्रोक र २०० मिटर फ्रिस्टाईलमा स्वर्ण जितेकी थिइन् ।

यस्तै गौरिकाले साग खेलकुदको इतिहासमा नेपालका लागि सर्वाधिक ४ स्वर्ण जित्ने खेलाडीको कीर्तिमानसँग बराबरी गरेकी छिन् । 

उनले तेक्वान्दोका दिपक बिष्टको कीर्तिमान बराबरी गरेका हुन् । दिपकले चार संस्करणमा ४ स्वर्ण जितेका छन् । तर, गौरिकाले भने एकै संस्करणमा दिपकलाई भेट्टाए ।

गौरिकाले ४ स्वर्णसहित २ रजत र २ कास्य पनि जितिन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर