• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

नेकपाले पुरा गर्यो चूनावी प्रतिवद्धता, नेपाल इन्जिनियरिङ कलेज सञ्चालनको जिम्मा चाँगुनारायण नगरपालिकालाई

काठमाडौं । सरकारले भक्तपुरका चाँगुनारायणस्थीत नेपाल इन्जिनियरिङ कलेज सञ्चालन गर्न स्थानीय तहलाई अनुमति दिएको छ । कलेज सञ्चालक समिति गठन सम्बन्धमा  छानविन समितिको सिफारिस बमोजिम चाँगुनारायण नगरपालिकाका प्रमुख लगाएत उक्त नगरका बिभिन्न वडाका प्रतिनिधि सम्मिलित ९ सदस्यीय संचालक समिति गठन गरिएको हो ।

 शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार उक्त समितिलाई कलेज सञ्चालनको पत्र दिदै यस व्यवस्थामा सहजीकरण गर्न जिल्ला प्रशासन कार्यालयलाई लेखिपठाउने निर्णय पनि गरेको छ । 

त्यस्तै कजेल संचालन मोडालिटि सम्बन्धमा छानविन समितिको सिफारिसको बँुदा नंवर २ बमोजिम पोखरा विश्वबिद्यालय संयुक्त आंगिक कलेज, शैक्षिक संस्था सञ्चालन सम्बन्धी नीति नियमावली र कार्यविधि २०७५ अनुसार सञ्चालन हुने गरि  पोखरा विश्वबिद्यालय र चाँगुनारायण नगरपालिकाबीच सहझदारी गरि नगरपालिकाले  संचालन समबन्धी नीति समेत बनाई संयुक्त महाविद्यालयको रुपमा नेपा इन्जिनियरिङ कलेज सञ्चालन गर्ने सम्बन्धमा आवश्यक निर्णय गरि कार्यान्वयन गर्न गराउन पोखरा विश्वविद्यालय र चाँगुनारायण नगरपालिकालाई लेखिपठाउने निर्णय पनि गरिएको छ । मन्त्रालयको यो निर्णयसंग उक्त कजेको स्वामित्व विवाद अन्य हुने विश्वास लिइएको छ । 

संस्था दर्ता ऐन २०३४ बमोजिम जिल्ला प्रशासन कार्यालय भक्तपुरमा २०६० साल भदौ ४ गते सामाजिक संस्था दर्ता नं ५५२ मा दर्ता भई सामाजिक संस्थाको रुपमा कलेज सञ्चालनमा आएको थियो । 

सामुदायिक रुपमा चलाउने उद्देश्यकै कारण तत्कालिन चाँंगुनारायण नगरपालिकाले कलेजलाई एक सय ७४ रोपनी जग्गा भोगचलन गर्न दिंदै आएको छ। यसअघि नेकपाले उपनिर्वाचनमा नेपाल इन्जिनियरिङ कलेजलाई स्थानीय तहमार्फत संचालन गर्ने गरि काम गर्ने प्रतिवद्धता जनाएको थियो । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर