• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

भक्तपुर : चुनावी प्रतिवद्दता पूरा गर्दै नेकपा, कांग्रेस सांसद सपथ ग्रहणमै व्यस्त !

काठमाडौं । गत मंसिर १४ गते सम्पन्न भएको उपनिर्वाचमा भक्तपुर क्षेत्र नम्बर १ (क) बाट हार व्यहोरेका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता डीपी ढकाल धमाधम चुनावी प्रतिवद्धता पूरा गर्नतर्फ लागेका छन् । 

भक्तपुरका सादगी नेताका रुपमा परिचित नेता ढकाल निर्वाचनको चुनावी सभामा सम्बोधन गरेका विभिन्न वाचाहरु प्रतिवद्धता पूरा गर्नतर्फ लागेका छन् । उता, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट निर्वाचित सांसद कृष्णलाल भँडेल भने सपग ग्रहण गरेर संसदको लोगो लगाउनमा व्यस्त छन् । 

नेकपाले महत्वपूर्ण मानेको चुनावी मैदानबाट हार व्यहोर्दापनि नेता ढकाल भने आफूले बोलेका वाचाहरु पूरा गर्नतर्फ लागि परेका छन् । यसअघि नै उनले भक्तपुरको विकास र समृद्धिका लागि आफ्नो तर्फबाट कुनै कसर बाँकी नराखी सदासदैव भक्तपुरको जनताको हक हितका लागि काम गर्ने बताएका थिए । ढकालले चुनावी परिणाम सार्वजनिक भएको पहिलो हप्ताबाटै काम सुरु गरेका छन् ।

चुनावी सभामा भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेज सञ्चालन गर्ने प्रतिवद्धता जनाएका नेता ढकालले सोमबार उक्त वाचा पूरा गरेका छन् । आफ्नो प्रत्यक्ष पहलमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलसंगको प्रत्यक्ष वार्तापछि संचालक समिति गठन भएको छ । मन्त्रालयले ९ सदस्यीय संचालक समिति गठन गर्दै कलेज संचालन गर्न अनुमति दिएको हो । छानविन समितिको सिफारिस बमोजिम चाँगुनारायण नगरपालिकाका प्रमुख लगायतको उपस्थिति थियो ।

समय सापेक्ष अनुसार सरकारलाई झकझकाउने र आफूले बोलेका विषयहरु पूरा गर्नेतर्फ आफूसहित सिंगो जिल्ला पार्टी नै लागिपरेको नेता ढकालको भनाई छ ।
निर्वाचनको समीक्षा भइरहँदा पार्टी केन्द्रले कुनै औपचारीक धारणा प्रस्तुत गरेको छैन् । तर, नेकपाका नेता ढकाल भने आफू जिते पनि र हारेपनि सिंगो भक्तपुरको हितका लागि अझै लागिरहने बताउँदै अघि बढेका छन् ।

याे पनि

भक्तपुर उप–निर्वाचन : नेकपा उम्मेदवार डीपी ढकालकाे पराजयका पाँच कारण

‘भक्तपुरका जनताको सुख दुःखको साथी भई आजिवन लाग्ने छु’–डिपी ढकाल

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर