• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

यूक्रेन द्वन्द्वबारे महत्वपूर्ण पेरिस वार्तामा पुटिन र जेलेन्स्की सहभागी हुने

एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले उनका यूक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँग पहिलोपटक पूर्वी यूक्रेनको द्वन्द्वबारे फ्रान्सको राजधानी पेरिसमा भेटवार्ता गर्ने भएका छन् ।

स्थानीय समय अनुसार सोमबार दिउसो हुने वार्तामा दुई देशबीच शान्ति सम्झौता हुने अपेक्षा त गरिएको छैन तर फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँ र जर्मन चान्सलर एन्जेला मर्केलको मध्यस्थतामा हुने उक्त शिखर सम्मेलन दुई मुलुकका राष्ट्रपतिबीच विश्वासको वातावरण निर्माण गर्न एक महत्वपूर्ण अवसर भएको छ ।

सन् २०१४ मा रूस पक्षधर यूक्रेनी विद्रोहीले स्वतन्त्रताका लागि उठाएको हतियारका कारण हजारौँ यूक्रेनी नागरिकको ज्यान गुमेको थियो । रूसले क्रिमियालाई  आफ्नो कब्जामा लिएपछि यसका प्रभावमा पूर्वी यूक्रेनको डोनेस्क र लुगान्स्क क्षेत्रमा भएका शसस्त्र आन्दोलनका क्रममा रूसी पक्षधर यूक्रेनी विद्रोहीले उक्त क्षेत्रलाई कब्जामा लिएका थिए ।

क्रिमियालाई रूसको एक भागका रूपमा समायोजन गरेपछि नेता पुटिनले आफ्नो ख्यातिलाई रूसमा बलियो बनाएका थिए । जसको प्रभावबाट निर्वाचनमा अत्यधिक मतका साथ विजयीसमेत भएका थिए ।

दुबै देशका कूटनीतिज्ञले सम्मेलनमा क्रिमियालाई नराख्न सुझाब दिएका छन् ।

क्रिमियालाई विश्व समुदायले यूक्रेनको भू–भागका रूपमा मान्यता दिएको भन्दै किभले उक्त भू–भाग रूसलाई दिन कहिल्यै तयार नरहने बताएको छ । 

सोमबारको भेटवार्तामा दुई नेताबीच पूर्वी यूक्रेनमा रहेका गैरकानूनी लडाकू समूहलाई भङ्ग गर्ने, डोनेस्क र लुगान्स्कबाट विदेशी सेनालाई हटाउने र रूससँगको सिमाना सुरक्षाका लागि यूक्रेनी सेनालाई राख्ने बिषयमा सहमति हुनसक्ने फ्रान्सको राष्ट्रपति कार्यालय स्रोतले बताएको छ ।

यूक्रेनी कानून अनुसार विशेष अधिकारको मान्यता पाएका मोनेस्क र लुगान्स्कमा निर्वाचनको मिति तय गर्ने सहमति हुने पनि अपेक्षा गरिएको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर