• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

जापानी भाषा परीक्षामा सबैभन्दा कमजोर नेपाली

काठमाडाै‌ । नेपाली युवालाई रोजगारीको अवसर दिन जापान फाउन्डेसनले लिएको भाषा परीक्षामा नेपालको नतिजा सहभागी पाँच राष्ट्रमध्ये सबैभन्दा कमजोर देखिएको छ ।

गत कात्तिकमा लिइएको आधारभूत जापानी भाषा परीक्षामा एकै समूहमा परीक्षा दिएका मंगोलिया, इन्डोनेसिया, कम्बोडियो र फिलिपिन्सपछि सबैभन्दा कमजोर नेपालको देखिएको छ ।

जापान फाउन्डेसनले प्रकाशित गरेको नतिजा तालिकामा नेपालबाट ४९७ जनाले परीक्षा दिएकोमा ५६ जनामात्र उत्तीर्ण भएका थिए । सो नतिजाअनुसा सबैभन्दा बढी मंगोलियाबाट ६१ प्रतिशत र नेपालबाट १९ प्रतिशतमात्र उत्तीर्ण भएका थिए ।

तर स्ट्र्यान्डर्ड डेभियसनमा भने नेपाल तेस्रो भएको परीक्षाको व्यवस्थापन गर्दै आएको जापान फाउन्डेसनले जनाएको छ । केही समयअघि नेपालले नेपालले केयरगिभरको लागि मात्र गर्ने श्रमिक कोटा बढाउन अनुरोध गरे पनि भाषा परीक्षामा भने न्यून संख्यामा उत्तीर्ण भएका छन् ।
भाषा परीक्षामा सहभागी हुन १३ हजार नेपालीले आवेदन दिएको जापान फाउन्डेसनले जनाएको छ । जसमा लक्की ड्रमार्फत १ हजार जनालाई छानेर नसिंङ केयरगिभर र भाषा परीक्षामा सामेल गराइएको थियो ।

भाषा परीक्षापछिको सीप परीक्षणमा सहभागीमध्ये कति नेपाली उतीर्ण भए भन्नेबारे सरकारले आधिकारिक धारणा माग गरेको वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसालले जानकारी दिए । याे समाचार काराेबार दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर