• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

फागुन १४ गते हरहालतमा स्ववियु चुनाव गराउंछौंः सहसंयोजक तामाङ 

धनगढी। सत्तारूढ नेकपा निकट अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले आगामी फागुन १४ गते हरहालतमा स्ववियु निर्वाचन गराउने वताएका छन्। तामाङले विद्यार्थीको एकमात्र निर्वाचित संस्था कुनै हालतमा अवरुद्द हुन नहुने बताएका हुन्।

आज धनगढीको कैलाली वहुमुखी क्याम्पसमा आयोजित कैलाली  जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलामा वोल्दै तामाङले भने 'हामी आउंदो फागुन १४ गते जुनसुकै मुल्यमा पनि स्ववियु निर्वाचन गराएरै छाड्छौं।' तामाङले विश्वविद्यालय प्रशासनलाई चुनावको सवै तयारी गर्न आग्रह गरे।

अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले आउंदो स्ववियु निर्वाचनमा अनेरास्ववियूले ८० प्रतिशत क्याम्पस जित्ने दावी गरे।

अनेरास्ववियू नेतृ सुनिता वरालले अनेरास्ववियूको एकता चांडै टुंगो लाग्ने वताइन्।

त्यस्तै अनेरास्ववियू नेता तिलकराज भण्डारीले विश्वविद्यालयको उन्नयन र विद्यार्थी हकहितका लागि स्ववियु निर्वाचन हरहालतमा हुनपर्ने वताए।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर