एनआईसी एशिया लघुवित्तले आइपिओ जारी गर्ने

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले प्राथमिक सेयर (आइपिओ) बिक्री गर्ने भएको छ । कम्पनीको साधारणसभाले आइपिओ बिक्री गर्ने निर्णय गरेको हो ।

एनआईसी एशिया बैंककोे सहायक कम्पनी एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको दोस्रो साधारण सभा सञ्चालक समितिका अध्यक्ष अर्जुन राज खनियाको अध्यक्षतामा सम्पन्न भएको हो । साधारण सभाले सञ्चालक समितिको प्रतिवेदन सहित आ.व.२०७५/७६ को वित्तीय विवरण पारित गर्दै नियामक निकायहरु लगायतका कार्यालयहरुबाट आवश्यक स्वीकृति प्राप्त भए पश्चात सर्वसाधारणलाई प्राथमिक सेयर (आइपिओ) निष्काशन गर्ने निर्णय गरेको छ ।

संस्थाको ३९ औं सञ्चालक समितिको बैठकले कपिल ढकाललाई सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ । ढकाल हाल बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन् ।

ढकालले नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देव कुमार ढकालबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर