• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

भारतको ओडिशामा ७२ वर्षीया वृद्धाले शौचालयलाई बनाइन् घर

मयुरभञ्ज । भारतको ओडिशा राज्यको मयुरभञ्ज जिल्लामा एक ७२ वर्षीया आदिवासी वृद्धा राज्य सरकारबाट बास पाउन असफल भएपछि विगत तीन वर्षदेखि शौचालयमा बसिरहेकी छिन् ।

गरिब परिवारकी द्रौपदी बेहेरा नाम गरेकी ती वृद्धाले कानिका गाउँ प्रशासनले निर्माण गरिदिएको शौचालयमा खाना पकाउने  र सुत्ने गरेको जनाइएको छ ।  

उनका नाति र छोरीलगायतका सम्पूर्ण परिवार सोही शौचालयको बाहिर खुल्ला आकाशमुनि नै बसोबास गर्ने गरेको बताइएको छ । 

यसअघि  यस मुद्दालाई अख्तियारवाला समक्ष बोलाएर उनीहरूले उनको बासस्थान उपलब्ध गराउने आश्वासन दिएका थिए ।  अझै पनि घरको प्रतिक्षामा रहेको द्रौपदी बताउँछिन् ।

‘मसँग घर बनाइदिने अधिकार छैन । सरकारले थप घर निर्माण गर्ने योजना ल्याएमा म उनलाई एउटा घर दिनेछु,’ गाउँका प्रमुख बुधुराम पुटीले एएनआईलाई बताए । 

मानवअधिकारवादी अधिवक्ता सत्य मोहन्तीले यस मुद्दामा क्षोभ व्यक्त गर्दै केन्द्रीय र ओडिशा सरकारलाई यस विषयलाई ध्यानपूर्वक विचार गर्न आग्रह गरे । 

 

Odisha: A 72-year-old widowed tribal woman, Draupadi Behera has been living in a toilet for the last 3 years in Mayurbhanj. Budhuram Puty, Sarpanch says, "I have no power to build a house for her. If a house comes through any of the schemes, we will provide it to her". (9.12.19) pic.twitter.com/CzJq988SQn

— ANI (@ANI) December 10, 2019
प्रतिकृया दिनुहोस

सम्बन्धित खवर