पूँजीबजारमा उत्साह कायमै, आधा अर्बको कारोबार हुँदा के-के भयो बजारमा

काठमाडौं । पूँजी बजारमा उत्साह कायमै नै छ । जसका कारण मंगलबार पनि नेप्से सुचक बढेसँगै कारोबारमा पनि बढोत्तरी आएको छ । 

साताको पहिलो दिन आइतबार ३ अंक र सोमबार १३ अंकले बढेको नेप्से सुचक आज २ दशमलव ४८ अंकले बढेर १ हजार १ सय ५१.३६ बिन्दुमा कारोबार बन्द भएको छ । 

मंगलबार कुल १७० कम्पनीको ४९ करोड ८४ लाख रुपैयाँभन्दा बढीको १६ लाख ६१ हजार ८२८ कित्ता सेयर खरिदबिक्री भएका छन् । जसमध्ये माछापुच्छ्रे बैंकको सर्वाधिक रुपैयाँको सेयर किनबेच भएको छ । बैंकको ७ करोड ५३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको हो ।

बाह्र समूहको सेयर कारोबार भएको आजको बजारमा ८ समूहका सूचक बढेका छन् । 

यसदिन नयाँ नेपाल लघुवित्त र सपोर्ट माइक्रोफाइनान्सको सेयर भाउ सर्वाधिक बढेको छ । यी कम्पनीको सेयर करिब १० प्रतिशतले बढेका छन् । यता, अरुण काबेलीका लगानीकर्ताले सबैभन्दा धेरै ४.०९८ प्रतिशतले गुमाएका छन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर