• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

प्याज किन्न लाइनमा उभिएको किसानको मृत्यु 

एजेन्सी । नेपालमा मात्रै होइन भारतमा पनि प्याजको बढ्दो मूल्यले उपभोक्ता हैरान छन् । प्याजको भाउले साधारण किसानको गोजीलाई मात्रै रित्याएन, भारतमा एक किसानको ज्यान पनि गएको छ ।

आन्द्र प्रदेशको कृष्णा जिल्लाको गुडिवाडा गाउँमा प्याज खरिद गर्ने लाइनमा उभिएका एक व्यक्तिको ‘कार्डिएक अरेस्ट’(हृदयघात)का कारण मृत्यु भएको छ ।

सोमबार ५५ वर्षीय संबैया नामक एक किसान गुडिवाडा गाउँको रायतू बजारमा प्याज किन्ने लाइनमा उभिएका थिए । यसै दौरान उनलाई कार्डिऐक अरेस्टका कारण उनी लाइनमै ढले र अस्पताल लाग्ने क्रममा बाटोमै मृत्यु भएको बताइएको छ । 

भारतमा प्याजको मूल्यमा वृद्धि भएपछि पहिलो मृत्यु बताइएको छ । उक्त किसानको परिवारमा श्रीमती र दुई सन्तान रहेको बताइएको छ । 

गुडिवाल प्रहरीका अनुसार प्याज किन्ने लाइनमा १० मिनेट उभिएपछि संबैया केही असहज महशुस गरिरहेका थिए । उनी लाइन छोडेर फटपाथमा थचक्क बसे । 

वरपरका मानिसले उनको हाल सोध्दानसोध्दै उनी त्यही ढले । संबैयालाई पहिले पनि हृदयघात भएको प्रहरीले पुष्टि गरेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर