• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

डिस्चार्ज भएको छैटौं दिनमा प्रधानमन्त्रीलाई पुन: अस्पताल लगियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुनःअस्पताल लगिएको छ । उनलाई त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा लगिएको छ । 

अस्पतालबाट डिस्चार्ज भएको छैटौं दिनमा उनलाई पुनः मनमोहन लगिएको हो । उनको १० दिन लामो उपचारपछि सरकारी निवास बालुवाटार फकिएको आज ६ दिन मात्र भयो । 

केहीबेरअघि प्रधानमन्त्री ओलीले १३औँ दक्षिण एसियाली खेलकुदको समापन समारोहमा भिडियो सन्देशमार्फत सन्देश दिएका थिए । भिडियो सन्देशमार्फत सागले यस क्षेत्रका राष्ट्रबीच आझै बढाएको भन्दै उनले  खेलाडी र आयोजकलाई बधाइ दिएका थिए । 

उनको स्वास्थ्यमा समेत केही समस्या देखिएपछि उनलाई मनमोहन लगिएको हो । नियमति डायलासिसका लागि प्रधानमन्त्रीलाई अस्पताल लगिएको उनका प्रेस सल्लाहकार सुर्य थापाले समाचार दैनिकलाई जानकारी दिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर