• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

आजको पत्रपत्रिका: बालुवाटारको जग्गा किन्नेविरुद्ध पनि मुद्दा चलाउने अख्तियारकाे तयारी

आजको पत्रपत्रिकामा साग खेलकुदमा नेपालले ५१ स्वर्ण प्राप्त गरेको समाचार सहित सबैजसो पत्रिकाले नेपाली फुटबल खेलाडीको तस्विर पहिलो पृष्ठमा प्रकाशित गरेका छन् । त्यस्तै अबको सभामुख को बन्दैछन् भन्ने विषय आजको सबैजसो पत्रिकाले प्रमुख समाचार बनाएका छन् ।
कान्तिपुर दैनिकले दक्षिण एसियाली खेलकुद(साग) खेलाडी, प्रशिक्षक, सहभागी राष्ट्रदेखि आयोजकलाई अबसरका रुपमा आउने समाचार लेखेको छ । कान्तिपुर लेख्छ नेपालीले सबै अबसर सदुपयोग गर्दै दक्षिण एसियाली ओलम्पिक मानिएको सागको १३ औं संस्करणलाई भव्य आयोजना गर्दै पदकको हिसावमा पपनि ठूलो सफलतासहित टुंग्याएको छ । नेपालको यो संस्करणमा पौडी, साइक्लिङ, गल्फ, ट्रायथलन, कुस्ती, इथलेटिक्सलगायत ऐतिहासिक ५१ स्वर्ण हात पा¥यो । यसअघि आठौं संस्करणमा नेपालले आयोजक नै रहेका बेला सर्वाधिक ३१ स्वर्ण जितेको थियो ।
कान्तिपुरमा सभामुख को ? भन्ने विषयमा समाचार लेखेको छ । कान्तिपुर अगाडी लेख्छ– राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्को हिउँदे अधिवेशन आह्वान गरे्सँगै नेकपाभित्र अब सभामुख कसलाई बनाउने  भन्ने बहस सुरु भएको छ । सभामुख निर्वाचनको विषयलाई अधिवेशनको पहिलो कार्यसूची बनाउने तयारीसहित भावी सभामुखबारे छलफल सुरु भएको हो । आउँदो पुस ४ गते हिउँदे अधिबेशन सुरु हुदै छ ।
अन्नपूर्ण पोस्टले् उपसभामुखलाई राजीनामा गराउँदै नेकपा शिर्षकमा प्रमुख समाचार लेखेको छ । नेकपाले संसद्को हिउँदे अधिवेशनअगावै उपसभामुख शिवमाया तुम्बाहाङलई राजीनामा गराउने भएको छ । पुस ४ मा सुरु हुने अधिबेशनको अध्यक्षता राजपा नेता एवं जेष्ठ सदस्य महन्थ ठाकुरले गर्नेछन् । 
संसदीय नियमावलीको व्यवस्था अनुसार प्रतिनिधिसभा बैठकको प्रारम्भ र अन्त्य सभामुखले गर्छन् । उनी नहुदाँ जेष्ठ सदस्यबाट गराइन्छ । यौन दुव्र्यव्हार आरोपमा कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद खाली छ ।
नयाँ पत्रिका दैनिकले बालुवाटा।र जग्गा किन्नेविरुद्ध पनि मुद्दा चलाउने अख्तियारले तयारी गरिरहेको समाचार लेखेको छ । राणा परिवारबाट जग्गा किन्ने दुई तहसम्मका जग्गाधनी कारबाहीको दायरामा आउने समाचारमा लेखिएको छ । 

नक्कली परीक्षकका नाममा त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट २१ लाख १७ हजार भुक्तानी भएको समाचार छ । ०७५ असोजअघि डेढ वर्षमा नक्कली परीक्षक खडा गरी यो रकम हिनामिना भएको हो । परीक्षा नियन्त्रक पुष्पराज जोशीले डेढ वर्ष अवधिमा नक्कली परीक्षक खडा गरेर २१ लाख १७ हजार हिनामिना भएको बताए । नक्कली कागजात र भौचर बनाएर धेरै व्यक्तिको नाममा रकम लगिएको देखिएको उनले बताए ।  त्यतिवेला परीक्षण गरेको उत्तरपुस्तिकाको संख्यासहित भौचर ल्याउनेलाई चेकमार्फत भुक्तानी दिने थियो । केवल रसिदको भरमा नगद कारोबार हुँदा हिनामिना भएको त्रिविका पदाधिकारीहरू स्विकार्छन् । त्रिविले रकम हिनामिनाबारे गत ०७५ कात्तिकमै महानगरीय अपराध महाशाखा टेकुमा कागजातसहित उजुरी गरेको थियो । तर, प्रहरीले अहिलेसम्म पनि नक्कली परीक्षक पत्ता लगाउन नसकेको त्रिविका रजिस्ट्रार तथा परीक्षा समितिका अध्यक्ष प्रा। डिल्ली उप्रेतीले बताए ।

पत्रिकामा बालुवाटारको दुई सय १४ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा बनाउने योजनाकारहरु मात्र होइन, जग्गा किन्नेहरुविरुद्ध पनि मुद्दा चल्ने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)ले सरकारी जग्गा किनबेच गर्ने दुई पक्षलाई मुद्दा लगाउने निष्कर्ष निकालेका छन् । ‘जग्गाधनीलाई पनि मुद्दा चल्छ,’ अनुसन्धान टिममा रहेका अख्तियारका एक अधिकारी भन्छन्, ‘तर, कुन तह र कुन हदसम्म कारवाही हुने भन्ने निर्क्यौल हुन बाँकी छ ।’ राणा परिवार र उनीहरुसँग जग्गा किन्ने दुई तहसम्मलाई मुद्दा चल्ने सम्भावना रहेको उनले बताए । प्रधानमन्त्री निवाससँगै जोडिएको ललिता निवासको जग्गा हाल सयभन्दा बढी व्यत्तिःको नाममा छ । अख्तियारले ती सबै जग्गाधनीसँग बयान सकेर मुद्दा चलाउन प्रक्रिाय अघि बढाइसकेको छ । मुख्य योजनाकार शोभाकान्त ढकाल र रामप्रसाद सुवेदीले नै विभिन्न व्यक्तिलाई बिक्री गरेका हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर