• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

चेल्सी र भ्यालेन्सिया नकआउट चरणमा, आयाक्स बाहिरियो

एजेन्सी । इंग्लिस क्लब चेल्सीले युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान सुरक्षित गरेको छ । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा मंगलबार राति भएको खेलमा चेल्सीले फ्रेन्च क्लब लिललाई २–१ ले पराजित गर्दै च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न सफल भएको हो ।

चेल्सी समूह ‘एफ’ बाट उपविजेताको रुपमा अन्तिम १६ मा पुग्न सफल भएको हो । चेल्सीले ६ खेलबाट ११ अंक जोड्यो । यो समुहबाट स्पेनिस क्लब भ्यालेन्सिया समूह विजेता बन्दै नकआउट चरणमा पुग्न सफल भयो । ११ अंक रहेपनि भ्योलन्सिया गोल अन्तरमा शीर्षमा रह्यो ।

अघिल्लो संस्करण सनसनीपुर्ण प्रदर्शन गर्दै सेमिफाइनलसम्मको यात्रा तय गरेको डच क्लब आयाक्सले यसपटक समूह चरण पार गर्न सकेनन् । समूह चरणको अन्तिम खेलमा आयाक्स भ्यालेन्सियासँग १–० ले पराजित भएसँगै समूह चरणबाटै बाहिरिएको हो । आयाक्सले ६ खेलबाट १० अंक जोड्यो । लिलले १ अंक जोड्यो ।

लिललाई हराउन टम्मी अब्राहम र सिजर एजपिलिक्वेटाले गोल गरे । लिलका रेमीले एक गोल फर्काए । १९आं मिनेटमा टम्मीको गोलबाट चेल्सीले खेलमा अग्रता बनाएको थियो । ३५औं मिनेटमा कप्तान सिजरले अग्रता दोब्बर पारे । ७८औं मिनेटमा रेमीले गोल गरेपनि चेल्सी २–१ ले विजयी हुन सफल भयो ।

यस्तै यही समूहको अर्काे खेलमा भ्यालेन्सियाले आयाक्सलाई १–० ले पराजित गर्दै समूहमा शीर्षस्थानमा रहँदै च्याम्पियन्स लिगको नकआउट चरणका पुग्न सफल भयो । भ्यालेन्सियाको जितमा रोड्रिगोको पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर