• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

ट्रम्पविरुद्धको महाभियोगसम्बन्धी आरोप सार्वजनिक

एजेन्सी । अमेरिकी संसद्को न्यायिक समितिले औपचारिक रूपमा राष्ट्रपति ट्रम्पविरूद्धका महाभियोगसम्बन्धी अभियोगहरू सार्वजनिक गरेको छ। त्यसलाई राष्ट्रपतिविरुद्ध अघि बढाइएको महाभियोग प्रक्रियाको एउटा प्रमुख कदमको रूपमा हेरिएको छ।

डेमोक्रयाटहरूको नियन्त्रण रहेको समितिका प्रमुख जेरोल्ड न्याडलरले सार्वजनिक गरेको पहिलो बुँदामा राष्ट्रपति ट्रम्पले शक्तिको दुरुपयोग गरेको आरोप लगाइएको छ।

दोस्रोमा संसद्को गतिविधिमा बाधा पुर्‍याएको आरोप लगाइएको छ। राष्ट्रपति ट्रम्पमाथि घरेलु राजनीतिक कारणले युक्रेनलाई दिइने सहायता स्थगित गरेको पनि आरोप लगाइएको छ। राष्ट्रपति ट्रम्पले आफूले कुनै गल्ती नगरेको बताउँदै महाभियोग प्रकियालाई 'पागलपन'को सङ्ज्ञा दिएका छन्।

राष्ट्रपटि ट्रम्पले शक्तिको दुरुपयोग गरेको भन्दै सुरु भएको महाअभियोग लगाउने सम्बन्धी अनुसन्धानमा यो महत्वपूर्ण कदम हो । तल्लो सदनमा डेमोक्र्याटहरुको अगुवाईमा ट्रम्पमाथि महाअभियोग लगाउने सम्बन्धी विषयमा अनुसन्धान जारी छ ।

त्यस क्रममा संसदीय समितिले राजनीतिक, कूटनीतिक तथा सुरक्षा अधिकारी र सरकारी अधिकारीसँग सार्वजनिक रुपमा बयान लिएका थिए । ती सुनुवाईबाट आएका प्रमाणहरुलाई जुटाएर न्यायीक समितिले राष्ट्रपति ट्रम्पविरुद्ध औपचारिक रुपमा लगाइने अभियोगहरु सार्वजनिक गरेको हो ।

न्यायीक समितिले राष्ट्रपति ट्रम्प विरुद्ध दुई बुँदे अभियोगसहितका महाअभियोग प्रस्ताव तयार पारेको छ । समितिका प्रमुख जेरी नाड्लरले सार्वजनिक गरेको अभियोगमा राष्ट्रपति ट्रम्पले शक्तिको दुरुपयोग गरेको उल्लेख छ । अर्को आरोप उनीमाथि संसदलाई कार्यसम्पादनका लागि अवरोध सिर्जना गरेको भन्ने लगाइएको छ ।

सन् २०१६ मा रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवार बनेर अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका डोनाल्ड ट्रम्पले आफ्नो व्यक्तिगत राजनीतिक स्वार्थका लागि अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहयोग प्रयोग गरेको आरोप छ । राजनीतिक स्वार्थ पूरा गर्नका लागि युक्रेनलाई दिँदै आएको सैन्य सहयोग रोकेर उसमाथि दबाब सिर्जना गरेको अभियोग ट्रम्पमाथि छ ।

राजनीतिक स्वार्थका लागि विदेशी शक्तिको सहयोग खोज्नु अमेरिकामा गैरकानूनी मानिन्छ। ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई पूर्व अमेरिकी उपराष्ट्रपति जो बाइडेन तथा उनका छोरा हन्टर बाइडेनमाथि भ्रष्टाचार आरोपमा छानबिन सुरु गर्न आग्रह गरेका थिए । त्यसकै लागि ट्रम्पले युक्रेनलाई दिइँदै आएको सैन्य सहयोग रोकेको र यसले ट्रम्पलाई व्यक्तिगत रुपमा राजनीतिक लाभ हुने आरोप छ ।

जो बाइडेन आउँदो वर्ष हुने राष्ट्रपति चुनावमा डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार बन्ने होडमा छन् र उनलाई प्रमुख दाबेदार मध्ये एक ठानिएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर