डेपुटी गर्भनर श्रेष्ठ दोषी रहेको छानबिन समितिको  ठहर

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठमाथि छानबिन गर्न गठित समितिले राष्ट्र बैंक सञ्चालक समितिमा प्रतिवेदन बुझाएको छ । प्रतिवेदनले डेपुटी गर्भनर श्रेष्ठलाई दोषी ठहर गर्दै मंगलबार (मंसिर २४ गते) राष्ट्र बैंक सञ्चालक समितिमा प्रतिवेदन बुझाएको हो ।

राष्ट्र बैंकका संचालक श्रीराम पौडेलको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति  गठन गरिएको थियो । समितिको सदस्यमा रामजी रेग्मी र सुबोधकुमार कर्ण सदस्य रहेका छन् । उक्त समितिले बुझाएको प्रतिवेदनमा डेपुटी गर्भनर श्रेष्ठमाथि लागेका कतिपय संस्थालाई गलत काम गर्न प्रोत्साहित गरेको, कारवाही गर्नु पर्ने संस्थालाई कारवाही नगरेको, सम्पति शुद्धिकरण लगायतका आरोप सहि सावित भएको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै श्रेष्ठले तत्कालिन तत्कालिन एपेक्स डेभलपमेन्ट बैंक, ग्राण्ड बैंकको कर्जा घोटलाको फाइल लुकाएको र एनसेललाई लाभांश लैजान स्वीकृती दिंदा अधिकारको दुरुपयोग गरेको भेटिएको साथै विदेश भ्रमणमा जाँदा दोहोरो सुविधा लिएको आरोपमा श्रेष्ठ दोषी भेटिएको प्रतिवेदनमा उल्लेख भएको एक सदस्यले बताए ।

छानबिन समितिले बुझाएको प्रतिवेदनमाथि राष्ट्र बैंक सञ्चालक समितिमा छलफल गरि पारित गरिसकेपछि अर्थ मन्त्रालयमा पठाइनेछ । अर्थ मन्त्रालयले उक्त प्रतिवेदन मन्त्रीपरिषद पेस गर्नेछ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर