• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

च्याम्पियन्स लिगः आज समूह चरणका अन्तिम ८ खेल 

एजेन्सी । च्याम्पियन्स लिगमा आज समूह चरणका आठ खेल हुँदै छन् । गए राति आठ खेलमा भएको लिगमा आज राति ८ खेल भएपछि समूह चरणका खेल सकिँदै छन् । आजको खेल सकिएपछि अन्तिम १६ मा पुग्ने टिमको टुंगो लाग्नेछ । 

लिगअन्तर्गत आज समूह ए, बी, सी र डी का खेल हुँदै छन् । समूह एमा आज रियल मड्रिडले क्लब ब्रुगसँग खेल्दै छ भने अर्को खेलमा पिएसजी र गालातासारेबीच खेल हुनेछ । यो समूहमा पिएसजी समूहको शीर्ष स्थान तथा रियल दोस्रो स्थानमा छन् ।

समूह बी अन्तर्गत आज टोटनह्याम र बायर्न म्युनिख आमनेसामने हुँदै छन् । त्यस्तै, यही समूहको अर्को खेलमा ओलिम्पिकस तथा रेड स्टारबीच खेल हुँदै छ । 

समूह सीअन्तर्गत आज सख्तर डोनेक र एटलान्टा तथा म्याचेस्टर सिटी र डाइनामो जाग्रेबबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै, समूह डी अन्तर्गत आज युभेन्टस र बायर तथा एटलेटिको मड्रिड तथा लोकोमोटिभ मस्कोबीच खेल हुँदै छन् । 

लिगमा अहिले समूह एमा पिएसजी शीर्ष स्थानमा छ भने रियल दोस्रो स्थानमा छ । त्यस्तै, समूह बीमा बायर्न म्युनिख शीर्ष स्थान तथा टोटनह्याम दोस्रो स्थानमा छन् । समूह सी मा म्यानचेस्टर सिटी शीर्ष स्थानमा छ भने सख्तर दोस्रो स्थानमा छ । त्यसैगरी, समूह डी मा युभेन्टस शीर्ष स्थानमा रहँदा एट्लेटिको मड्रिड दोस्रो स्थानमा छन् । 

च्याम्पियन्स लिगमा आज समूह चरणका खेल सकिएसँगै अन्तिम १६ को टुंगो लाग्ने छ । समूह ई बाट लिभरपुल र नापोलीले अन्तिम १६ मा स्थान बनाएका छन् । 

समूह एफ बाट बार्सिलोना र बोरुसिया डर्टमन्डले अन्तिम १६ मा स्थान बनाएका छन् । इटालियन क्लब इन्टर मिलान भने बार्सिलोनासँग पराजित भएसँगै च्याम्पियन्स लिगबाट बाहिरिएको छ । त्यस्तै, समूह जी बाट लेइपजिग र लियोनले अन्तिम १६ मा स्थान बनाएका छन् । 

समूह एच बाट भ्यालेन्सिया तथा चेल्सीले अन्तिम १६ मा स्थान बनाएका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर